Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलसाउदी प्रो लिगतर्फ आकर्षित भए स्टार फुटबलरहरु

साउदी प्रो लिगतर्फ आकर्षित भए स्टार फुटबलरहरु


एजेन्सी । साउदी अरेबियाका क्लबहरुले महँगो मुल्यमा स्टार खेलाडीहरु अनुबन्ध गरेसँगै प्रिमियर लिग लगायत अन्य चर्चित लिगहरुलाई समस्या परेको छ । मिडिया रिपोर्टका अनुसार साउदी अरेबियन प्रो लिग क्लबहरुले खेलाडीहरुलाई दिएको अफर खेलाडीहरुले अस्वीकार गर्नैनसक्ने खालको भएको हुँदा स्टार खेलाडीहरु क्लबमा टिकाराख्न समस्या भएको देखिएको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गएको सिजन अल–नासर क्लबमा अनुबन्ध भएका थिए । त्यसयता साउदी प्रो लिग खेल्न स्टार खेलाडीहरु साडियो माने, करिम बेन्जेमा, रोबर्टो फिरिमिन्हो, म्याक्सीम्यान, हेण्डरसन, फाबिन्हो, रियाद महरेज लगायत अन्य खेलाडीहरु विभिन्न क्लबमा अनुबन्ध भएका छन् ।

उनीहरुले पाउने तलब पनि प्रिमियर लिगकोभन्दा धेरै गुणा बढी रहेको छ । उता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले साउदीका कारण स्टार खेलाडी क्लबमा टिकाइराख्न र उनीहरुले अफर गरेको पैसा दिन युरोपियन क्लबहरु सक्षम नरहेको बताएका छन् ।

उनले भनेका छन्,‘यो क्रम कहिलेसम्म रहन्छ थाहा छैन । तर, खेलाडीहरुले साउदीबाट यस्तै अफर पाइरहे भने युरोपियन क्लबहरुले ठुलै समस्या देख्नुपर्नेछ ।’

रियाद महरेजलाई क्लबले रोकिराख्न नसकेको गुनासो समेत उनले पोखे । ‘साउदी क्लबले दिएको अफर अस्वीकार गर भन्ने सुझाव मैले महरेज दिन सकिन’, उनले भने । युरोपियन लिगलाई साउदी लिगले ठुलो चुनौती दिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT