आजको तपाइको भाग्य, यो राशिलाई हुनेछ फाइदा

Education Park

 

वि.सं.२०७५ साल मङ्सिर २६ गते । बुधबार । ईश्वी सन् २०१८ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि पंचमी, ३४ घडी १२ पला, बेलुकी ०८ बजेर २७ मिनेट उप्रान्त षष्ठी । 

 

नक्षत्र श्रवण,२० घडी ४८ पला, दिउँसो ०३ बजेर ०५ मिनेट उप्रान्त धनिष्ठा । योग व्याघात, ४० घडी १२ पला, बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त हर्षण । करण बव, बिहान ०७ बजेर २१ मिनेट उप्रान्त बालव, बेलुकी ०८ बजेर २७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा छत्र योग । चन्द्रराशि मकर ।  राम,,जानकी विवाह पञ्चमी । जनकपुरमा विवाह पञ्चमी मेला । आबाल ब्रह्मचारी षडानन्द जयन्ती। काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५४ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुने हुनालेथप लगानि गर्न आट आउँनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घर परिवार सँग कुनै पनि काम गर्दा ख्याल गर्नुहोला मनमुटाब सिर्जना हुँन सक्छ । व्यापार व्यावसायमा अरुदिन भन्दा बढी समय खर्चिय भनेजस्तो नतिजा हातलागि हुँन सक्छ । बाहिरी वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुने हुनालेसम्यम भई अगाडि बढ्नुहोला ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानीका बाटाहरु फेला पर्नेछन् । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिस्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

 

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । 

 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ । पढाई लेखाई अरु दिन भन्दा सुध्रियर जानेछ । सवारी साधन तथा भौतिक सम्पति लाभ हुने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति देखेर मन प्रशन्न हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिस्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । साथिभाई तथा आफन्तहरु तपाईको व्याबहारले टाडिन सक्छन् ध्यान दिनुहोला । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानी गर्न कठिन रहेकोछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बिच मनमुटाव सिर्जना हुनेछ । बोलीको प्रभाव घट्ने हुनालेबोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाइनेछ । साना तिना घरेलु समस्याले सताउँनेछ । आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउँन सक्छ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको बिदेश यात्राको अधिक सम्भावना रहेको छ । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

मीन (दी दू थ झ ञ दे दो चा ची) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ । पैत्रिक सम्पति तथा सरकारि धन हात लागि हुने योग रहेकोछ । आम्दानीका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । प्रेममा रमाउँने समय रहेकोछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । 

 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 6 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।