राशिफलः कस्तो छ सोमबारको तपाईको भाग्य ?

Education Park

वि.सं.२०७५ साल पौष २३ गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि प्रतिपदा,०२ घडी ३३ पला, बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त द्वितिया । नक्षत्र उत्तरषाढा,३१ घडी ५२ पला, बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त श्रवण । 

 

योग हर्षण ५० घडी ३५ पला,रातको ०२ बजेर १२ मिनेट उप्रान्त बज्र । करण बव, बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त बालव, बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि मकर । अरनिको स्मृति दिवस। काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०२ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरी को प्रशस्त सम्भावना रहेकोछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,बो) परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । समाजमा आफ्नो बर्गको नतृत्व लिने अवसर आएपनि काम गर्न नसक्दा मान सम्मानमा कमि हुनेछ । आफन्त तथा माता पिता सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आउने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्ब तथा आफन्त सँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईको आलोचना गर्नेहरु बढ्नेछन् । पुराना समस्याहरु पुनह आईलाग्ने तथा सत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेकोछ । आकश्मिक धन तथा सम्पति लाभ हुनेभएपनि तपाईकै कारणले टरेर जानेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिपरित लिङ्गप्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बन्द व्यापारबाट मनग्गे आम्दानि हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाईमा राम्रो नतिजाकाम साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  बिद्या तथा प्रतिष्पर्धामा सहकर्मीहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडि बढ्नेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउनेछ भने जीवन साथिसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । कृषि तथा सहकारी पेशा व्यावसायमा लगानि गरी मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको बिकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटि सम्बन्धि समस्या ठिक भएर जानेछ । दाजसभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथिको भरपुर सहयोग पाईनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धन सम्पति तथा भौतिक सम्पति अरुलाई प्रयोग गर्न नदिनुहोला समय मध्ययम रहेको छ । आफन्त,घर परिवार तथा कुटुम्ब सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । तपाईको बोलिको गलत प्रयोग गरी अरुले आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन प्रशस्त समय मेहनेत गर्नु पर्नेछ । 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न रहनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानि हुदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने बिदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

 

 


थप समाचार

मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

  • 1 minute ago
मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विदुर नगरपालिकाका मेयरको निवासमा बम भेटिएको छ । मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा सोमबार राति प्रेसर कुकर बम भेटिएको हो ।

आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

  • 14 minutes ago
आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् । घुँडामा लागको चोटको कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 15 minutes ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।