Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसबै भ्रष्टाचारको छानविन उच्चस्तरीय आयोग बनाएर गरौंः पूर्व प्रधानमन्त्री भट्टराई

सबै भ्रष्टाचारको छानविन उच्चस्तरीय आयोग बनाएर गरौंः पूर्व प्रधानमन्त्री भट्टराई


बुटवल। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्च स्तरीय आयोग जरुरी रहेको बताएका छन्। देशको प्रमुख कार्यकारी माथिनै प्रश्न उठेको समयमा उच्चस्तरीय र निस्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए।

भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उनले संरचनागत ढङ्गलेनै जानू पर्ने बताए। शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे।

‘अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन्। उहाँहरु निल्नू न ओकल्नुमा हुनुहुन्छ।’ भट्टराईले भने, ‘उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु।’

माथिदेखिनै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभई बलियो र निस्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए।

संसदमा नेकपा एमालेले उच्च स्तरीय छानविन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूराभएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए। मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै सोही अनुसार नेसपा अघि बढेको बताए। नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा. भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख गरे। ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दिर्घकालिन जाँदैन’ उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँः…

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा गरेका छन्

Techie IT