ISMT

HUB Education

बिहीबारको तपाईको भाग्य यस्तो रहनेछ !

Education Park

 

Kathmandu Trade Show

 

वि.सं.२०७५ साल माघ २४ गते । बिहीबार । इस्वी सन् २०१९ फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि तृतीया, अहोरात्र । 

 

नक्षत्र शतभिषा, ०९ घडी २९ पला, बिहान १० बजेर ३७ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग परिधि,०७ घडी ११ पला, बिहान ०९ बजेर ४२ मिनेट उप्रान्त शिव । करण तैतिल, बेलुकी ०६ बजेर १४ मिनेट उप्रान्त गर । 

 

आनन्दादिमा बज्र योग । चन्द्र राशि कुम्भ । पञ्चक । काठमाडौँमा सूर्योदय ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २६ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

 

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिने हरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरीको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेको छ । अरूकै काममा समय जाने हुनाले आफ्नो काम थाती रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केही लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तीको चपेटामा परिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनार्इ उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको सिकारले नैराश्य बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरीमा समय खर्चिनेहरूका लागि समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको कामगरि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । ईमान्दारिता तथा लगनशिलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा विलाशी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केही भए स्वतः ठीक हुनेछ । व्यापार बिस्तार गरी मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरू बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले आउन तथा हुनै लागेको फाइदाको सम्भावना टरेर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन ग्रहयोग रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभार्इ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कुटुम्ब तथा आफन्त सँग मनमुटाब बढ्ने तथा विवाद सिर्जना हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथी सँग मनमुटाब बढ्नेछ । पढाई लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ ।


थप समाचार

नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

  • 3 minutes ago
नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भुकण्डे बेसीमा रहेको विन्धवासिनी इँट्टा उद्योगको चिम्नी आइतबार डोजर लगाएर भत्काउँदै नगरपालिका ।

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

  • 17 minutes ago
अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चीत रियालीटी शो ‘कौन कनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आउको छ ।

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 54 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?