Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘आइफोन’ उपहारको आश गर्दा आधा करोड रकम ठगीमा

‘आइफोन’ उपहारको आश गर्दा आधा करोड रकम ठगीमा


काठमाडौँ । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।

“तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ”, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए ।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ ।

उनीहरुको साथबाट रु ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ । उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रोजगारीको नाममा ठगी

यसैबीच वैदेशिक रोजगारीको नाममा इटाली पठाइदिने बहानामा पीडितबाट रु चार लाखभन्दा बढी लिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इटाली पठाइदिने र त्यसका लागि रु आठ लाख लाग्छ भने पैसा ठगी गर्ने कालिकोट घर भई काठमाडौँको कीर्तिपुर बस्ने विष्णुरिषी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

Techie IT