यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल माघ २९ गते । मंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि सप्तमी, १० घडी ४६ पला, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त अष्टमी । 

 

नक्षत्र भरुणी, २७ घडी ४९ पला, बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त कृतिका । योग शुक्ल, ०२ घडी ५२ पला, बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त  ब्रह्म । करण वणिज, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त वव । आनन्दादिमा मुसल योग । 

 

चन्द्रराशि मेष, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बृष । अचला सप्तमी। रथ सप्तमी। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। लगला चुयके। मन्वादि। काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४४ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरीको योग रहेको छ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।  काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरी आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हाल लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ भने पति पत्निबीच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुदा भौतिक सम्पति तथा बिलाशी बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ  । अध्ययन अध्यापनमा समग खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायमा प्रशस्त आम्दानि हुने तथा पुराना कारोबारहरुलाई सल्टाउँने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने  सुनुवाई तपाईकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाई आफ्नै कारणले आफन्त तथा साथिभाईले तपाईको साथ छाड्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुने छैन भने कृषि, पशुपालन तथा सहकारी व्यावसायमा भने मनग्गे आम्दानि हुनेछ । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा ने व्यस्त हुदा पढ्ने लेख्ने काम थाति रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाति सम्बन्धि समस्या आउने प्रवल सम्भावना रहेको छ ध्यान दिनुहोला ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । साथिभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ । 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यावसायमा लगानि गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ । 


थप समाचार

एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

  • 3 minutes ago
एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

एजेन्सी । सन् २०१० यता विश्वकै सबैभन्दा ठुलो बिल्डिङ बुर्ज खलिफा हो । २० वर्ष अगाडि ७५ प्रतिशत विश्वकै अग्ला भवनहरु उत्तर अमेरिका रहेका थिए ।

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 22 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

सुनको भाउ तोलामा ५ सयले बढ्यो

  • 23 minutes ago
सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।