यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

Education Park

वि.सं.२०७५ साल चैत्र ०५ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि त्रयोदशी,१४ घडी ५५ पला, दिउसो १२ बजेर १० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मघा, २८ घडी १४ पला, बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । 

 

योग धृति, २४ घडी ०९ पला, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त शूल । करण तैतिल, दिउँसो १२ बजेर १० मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा काल योग । चन्द्रराशि सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३० घडी ०५ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ  । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ  । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पूरा गर्न सकिनेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत–संगीत तथा मोडलिङमा बिशेष चासो बढ्नेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाई लेखाईमा मन जाने छैन भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । लामो दुरीको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेकोछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेकोछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनादे नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाईमा मन जाने हुनाले प्रतिष्पर्धिमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारि क्षेत्रमा तपाईको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य बिग्रनाले  रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ  । अनावस्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गर्न सकिने भए पनि आम्दानि गर्न केही समय कुर्नुनै पर्नेछ । पढाई लखोईमा प्रतिष्पर्धिहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानि कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नुपरे पनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद  प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।


थप समाचार

बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

  • 3 minutes ago
बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

कञ्जरभेटिभको नेता निर्वाचित जोनसनले बुधबारदेखि नै बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 54 minutes ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 57 minutes ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।