यस्तो रहेको छ आजको तपाईको भाग्य

Education Park

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान । 

 

करण भद्रा,दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त बव, रातको ०१ बजेर ५२ मिनेट उप्रान्त वालव । आनन्दादिमा मानस योग । चन्द्रराशि बृश्चिक । साँखु यात्रा (सको यात)। स्वामी शशिधर जन्म(जयन्ती। सर्वार्थसिद्धि योग दिउसो १ बजेर ५० मिनेटदेखि बेलुकी ०७ बजेर ५० मिनेट देखि सम्म। काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २१ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानी नहुदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाईहरु तपाईदेखि टाडिन सक्छन् । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनाको सुरुवात हुनसक्छ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नुनै राम्रो रहेकोछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा  बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी थोरै हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा बिवाद बढ्नेछ भने बाहिरका मानिस सँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुबो बिगबिगी रहनेछ । प्रेममा धोका हुने हुदा आजको दिन टाडै बस्नुनै बेस हुनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ  । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने बिदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानि गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा बिवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागि समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 10 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 10 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र