यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ मे १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ३५ पला, बिहान ०७ बजेर ३१ मिनट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित निकाल्न सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो  बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुँने समय रहेको छ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नया काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यावसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुँनेछन् । सुन्दर तथा विलाशी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रसस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नुनै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागी हुँने व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउँन सकिनेछ । 


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 7 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।