ISMT

HUB Education

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य !

Education Park

 

Kathmandu Trade Show

 

वि.सं.२०७६ साल ज्येष्ठ ०५ गते । आईतबार । ईश्वी सन् २०१९ मे १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा, ५२ घडी ३४ पला, रातको ०२ बजेर १७ मिनट उप्रान्त द्वितीया । नक्षत्र अनुराधा, ५४ घडी १६ पला, रातको ०२ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नुनै राम्रो रहेकोछ । लगानी गर्दा साझेदारहरुबीच मतभेद बढ्नेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनोरञ्जनमा अलमलिदा लक्ष्य प्राप्तीमा बिलम्ब हुनेछ । आफन्त तथा साथभाईहरुसँग बिवाद बढ्नेछ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । नाफा मुलक व्यावसायमा खासै फाईदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा  बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामान्य घटपटको योग रहेकोछ भने जीवनसाथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पूराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बोलीको माध्ययमबाट राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा प्रतिष्पर्धामा तपाईको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । 

 

धनु (,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवनसाथीसँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दी आउनेछ ।

 

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यक्तिहरुको भेटघाटले  व्यावसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाई लेखाई तथा  खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । 


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 5 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 6 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 6 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।