IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विंसं.२०७६ साल ज्येष्ठ ०६ गते । सोमबार । ईश्वी सन् २०१९ मे २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वितीया, ५२ घडी ०४ पला, रातको ०२ बजेर ०४ मिनट उप्रान्त तृतीया । नक्षत्र ज्येष्ठा, ५५ घडी ३५ पला, रातको ०३ बजेर २९ मिनेट उप्रान्त मूल । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।  

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको सिलसिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 

 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला सुस्ती, बैरभाव तथा आफन्तसँग बिवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नया काम पाउने योग केही दिनको लागि टरेर जानेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गन्तब्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भएपनि उपलब्धी न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाईहरु खुसी हुँनेछन् । पढाई लेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाई लेखाईमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । लामो दुरीको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ भने शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्त सँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार  चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तीको योग टरेर जानेछ 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ । 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।