यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–असार २४ गते

Education Park

वि.सं.२०७६ साल असार २४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ०९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिष्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सवारी साधनको व्यापार व्यावसायमा अलि बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नुपर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पूरा हुनेछन् भने समयमो सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाईहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी–बहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 17 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 32 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 52 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।