IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ आजको तपाईको भाग्य– भाद्र ०७ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 वि.सं.२०७६ साल भाद्र ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अगष्ट २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि नवमी, ५३ घडी ०८ पला, रातको ०२ बजेर ५४ मिनेट उप्रान्त दशमी । काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको बिदेश यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउँने  बिवादले आत्मसम्मानमा कमीको महशुस हुनेछ । आकश्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनादे नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीहरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपूर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा साझेदारी व्यावसायमा लगानी गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरुबीच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाइने तथा अनावस्यक ठाउमा खर्च हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर  जानेछ । आमा तथा आफन्तसँग सानो–सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढीनै समय खर्चनु पर्नेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिला हात पार्न सकिने हुदा दाजुभाई तथा आफन्तहरु खुसी हुनेछन् । 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 8 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 8 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 8 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।