IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य– भदौ २५ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 वि.सं.२०७६ साल भाद्र २५ गते । बुधबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।  

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नुनै पर्नेछ । पढाई लखोईमा प्रतिस्पर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवनसाथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पूराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोश जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)कुनै काम सुरु गर्नुभन्दा पनि पूरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउँनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने व्यावसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानून अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिस्पर्धीमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 9 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 9 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 9 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।