IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– असोज ६ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वि.सं.२०७६ साल असोज ०६ गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि नवमी, १८ घडी ४५ पला, दिउसो ०१ बजेर २३ मिनेट उप्रान्त दशमी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यावसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैंकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नुपर्नेछ । दिदीबहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारि साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पूराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । 

 


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।