IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–मंसिर ०२ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वि.सं.२०७६ साल मंसिर ०२ गते । सोमबार । ईश्वी सन् २०१९ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर २७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारीसाधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनी गरि मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउँदै जीत निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । 


थप समाचार

नक्कली बोइफ्रेन्ड !

  • 2 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 13 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

  • 20 minutes ago
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

नक्कली बोइफ्रेन्ड !

नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।