IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०३ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर २८ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) असजिलो परिस्थितिहरुलाई बुद्धिमता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानि गर्नेहरुलो नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीतिकर्मीहरुका लागि समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको बिदेश यात्राको तय हुनेछ भने बिदेशबाट सञ्चालित सस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबीच बिश्वास बढेर जानेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायकै सन्दर्भान लामो दूरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानी नहुदा दैनिकी प्रभावित हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चलि आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पूरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमंग शरीरमा आउँनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।