Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालचैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र

चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र


बागलुङ । प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ ।

मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए ।

श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको सकृयतामा चैत्राष्टमी मेला अवधिभर दर्शक तथा अतिथिहरुको स्वास्थ्यमा समस्या आएमा सामन्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख सेनानी रानाले बताए ।

नेपाली सेना अन्तर्गत जिल्लामा तैनाथ श्री नं. २३ बाहिनी अड्डाको संयोजनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो । सो अवधिमा जटिल समस्या भएका दर्शनार्थी तथा दर्शकलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजनामा वैशाख ६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक चैत्राष्टमी मेलामामा नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र मार्फत सेवा प्रदान गर्ने छ ।

नेपाली सेनाको यो परोपकारी कार्यले ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल र व्यवस्थित बनाउन सहयोग पुग्ने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT