IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत लेखाई अथवा गलत बुझाईले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भएपनि बढीनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गरे पनि नाँफा कमाउँँन बढिनै समय खर्चनु पर्नेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत–संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाईहरु खुसी हुँनेछन् । पढाई लेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउँनुहोला खराब ब्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच बैमनस्यता बढ्नेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारि साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको सिकार होइनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाई लेखाई तथा  खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले उर्जा तथा आत्मबिश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।  

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तै स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ ।


थप समाचार

सलमान खानको आगामी फिल्ममा रणदीप हुड्डा भिलेन

  • 17 minutes ago
सलमान खानको आगामी फिल्ममा रणदीप हुड्डा भिलेन

एजेन्सी । सलमान खानको आगामी फिल्ममा चर्चित अभिनेता रणदीप हुड्डा खलनायक चरित्रमा देखिने भएका छन् । हुड्डाले सलमानको ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्ममा भिलेनको भूमिकाका लागि हस्ताक्षर गरेका हुन् ।

मोरङको हरैचामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

  • 27 minutes ago
मोरङको हरैचामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेताहरु जो रियलमा नै दाजुभाई हुन्

  • 31 minutes ago
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेताहरु जो रियलमा नै दाजुभाई हुन्

एजेन्सी । दक्षिण भारतीय फिल्ममा केही यस्ता अभिनेताहरु रहेका छन् जो रियलमा नै दाजुभाइ हुन् । उनीहरु आफ्नै फ्यानहरु रहेका छन् । चर्चित अभिनेता जुनियर एन्टिआर र कल्याण राम दाजुभाई हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल घटाउन के खाने ?

तौल घटाउन के खाने ?

काठमाडौं । सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लाथि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्छ । आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

विचित्र विश्व

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

एजेन्सी । भारतमा बेरोजगारीको संख्या ह्वात्तै बढेको एक रिपोर्टले देखाएको छ । मोदी सरकार आएपछि रोजगारीका क्षेत्रमा भएको कामलाई लिएर सर्वत्र आलोचना हुन थालेको छ ।