ISMT

HUB Education

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ ।

 

समितिको आजको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको आधारमा तीन तहको सरकारबीच समन्वयको प्रारुप र कार्यप्रणालीबारे प्रश्नावली बनाउने निर्णय गरेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

 

नेपालको संविधानले व्यवस्था गरेअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्धका विषयमा गहन छलफल गर्न जरुरी भएको र प्रदेशस्तरसम्म छलफल गर्नुपर्ने भएकाले तीन तहको सरकारको समन्वय कसरी गर्ने भन्ने विषयमा प्रश्नावली तयार गर्न लागिएको हो । समितिमा उक्त विधेयकमाथि बुधबारदेखि छलफल सुरू भएको छ ।

 

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकारिता र सहअस्तिवको नयाँ व्यवस्था भएको हुनाले गहन छलफल र अध्ययन गरेर मात्र कानून बनाउनुपर्ने सुझाव दिए । 

 

नेपालको संविधानको धारा २३२ को उपधारा (१) मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा हुने व्यवस्था रहेको छ । 

 

सोही धाराको उपधारा (२) मा  राष्ट्रिय महत्वका तथा प्रदेशबीच समन्वय गर्नुपर्ने विषयमा संविधान र सङ्घीय कानूनबमोजिम सरकारले आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशन मान्नुपर्नेसम्बन्धी प्रदेश मन्त्रिपरिषद्को कर्तव्य हुने व्यवस्था रहेको छ ।

 

संविधानको धारा २३३ को उपधारा (१) मा एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । 

 

मुलुकले अङ्गीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणका लागि संविधानबमोजिम राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने र तीनका सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयनको आधारमा व्यवस्थित गर्नुपर्ने भएकाले कानून बनाउनुपर्ने जरुरी भएको सो विधेयक आएको हो । (रासस)


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।