राष्ट्रियसभाका तीनवटै समितिमा नेकपाकाे उम्मेदवारी

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ ।
संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिउ । सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् । उक्त समितिको नेतृत्व दलहरुबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।
संसद् सचिवालयले निर्धारण गरेको सूचनाअनुसार आज बिहान ११ देखि साँझ ४ बजेसम्म उक्त उम्मेदवारी मनोनयन दर्ता भएको हो । बुधबार बिहान ११ बजे बस्ने तीनै समितिका बैठकबाट सम्बन्धित सभापतिको चयन हुनेछ ।
राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हुँदै आएका छन् ।
थप समाचार
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास
- 2 hours ago

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?
- 4 hours ago

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...
- 12 hours ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।