राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

म्याकएलेन, अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन् । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरु लगातार बन्द भएको २१ दिन पुगिसकेको छ । 

 

राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित नगरे आफूले बजेट स्वीकृत नगर्ने अडान राख्दै आएका छन् । संसद र राष्ट्रपतिको जुहारीका कारण धेरै अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएका छन् भने आठ लाखभन्दा बढी कर्मचारी घरविदामा बसेका छन् । 

 

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरिए त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । आपतकालीन घोषणापछि राष्ट्रपति ट्रम्पले सैनिक परियोजनाको रकमलाई पर्खाल निर्माणमा खर्च गर्न बाटो खुल्नेछ । 

 

फक्स न्यूज समाचार च्यानलसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्न पाउने आफूसँग अवशिष्ट अधिकार रहेको बताए । तर, उहाँले यस्तो घोषणा कहिले गरिन्छ भन्ने बताउन चाहेनन् । 

 

विश्लेषकहरुले राष्ट्रपतिले चाल्ने त्यस्तो कदम अधिकार क्षेत्रभन्दा बाहिर हुने र त्यसविरुद्ध अदालतमा मुद्दा पर्ने निश्चित रहेको बताएका छन् । 

 

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणाबाट पर्खाल निर्माणका निम्ति बाटो खोलेर आफूले अमेरिकी जनताको सुरक्षाका लागि काम गरेको दाबी गर्न सक्नेछन् । यो स्थितिमा उहाँले आफू विजयी भएको जनाउँदै कार्यालयहरु खोल्नेछन् । 

 

राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमण गरेका थिए । उनले स्थानीय सुरक्षा निकायलाई सम्बोधन गर्दै हत्याराहरुलाई अमेरिकाभित्र छिर्न कुनै पनि हालतमा नदिइने बताए । 

 

विपक्षी डेमोक्र्याट पार्टीले पर्खालका निम्ति राष्ट्रपतिले माग गरेको करिब ६ अर्ब डलर बजेट विनियोजन गर्न नसकिने दोहोर्याउँदै आएका छन् । उनीहरुले पर्खाल निर्माणमा फजूल खर्च हुने र त्यसबाट आप्रवासीको अमेरिका प्रवेशमा कुनै रोकावट नआउने बताएका छन् । 

 

ट्रम्पले दक्षिणी सीमाबाट प्रवेश गरेका आप्रवासीहरु उत्तरी सीमासम्म फैलिएका बताउँदै त्यस्ता आप्रवासीका कारण हत्या हिंसाका घटना हुन थालेको दाबी गरे । तर, स्वतन्त्र अध्ययनले अवैध आप्रवासीको तुलनामा अमेरिकामै जन्मिएका व्यक्तिबाट बढी हिंसाका घटना हुने गरेको देखाएको छ । 

 

अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएसँगै कर्मचारीहरुले जुलुस निकाली तत्काल कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि कर्मचारीलाई अचानोमा पारिएको उनीहरुको भनाइ छ । 


थप समाचार

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

  • 3 minutes ago
हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 8 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 15 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।