रसुवाली कवि पक्राउकाे विराेधमा कवि, लेखकहरूले बुझाए ज्ञापनपत्र

काठमाडौँ । कवि ठाकुरप्रसाद तिम्सिना (रसुवाली कवि) पक्राउको विरोधमा कवि/लेखकहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाएका छन् ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सदस्य भएको आरोपमा प्रहरीले कवि तिम्सिनालाई सोमबार पक्राउ गरेको थियो ।

 

राजनीतिक गतिविधिमा संलग्न रहेको कारण गिरफ्तारी गरिनु संविधानको मौलिक हकको विरुद्ध रहेको ज्ञापनपत्रमा जनाइएको छ ।

 

‘ठूलो संघर्ष र बलिदानी पश्चात प्राप्त गणतन्त्र, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थामा राज्यको यस्तो कदम सहमति योग्य नरहेको जानकारी गराउँछौ’, ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानप्रदत्त नागरिकको मौलिक हक सुरक्षित, सुनिश्चित गरिनु राज्यको दायित्व हुन आउने कुराप्रति सजग गराउँदै उनको तत्काल रिहाइको लागि माग गर्दछौं ।'

 

बालाजु क्षेत्रबाट पक्राउ परेका कवि तिम्सिनालाई हाल महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ ।

 

 

 


थप समाचार

'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

  • 23 minutes ago
'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

एजेन्सी । पर्दामा धेरैजसो खलनायकको भूमिकामा देखा पर्ने कलाकार हुन् सोनु सूद । तर वास्तविक जीवनमा भने हिरोजस्तै मैदानमा उत्रिएका छन् उनी ।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु

  • 57 minutes ago
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु

बैतडी । भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार रा

अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

  • 1 hour ago
अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।