बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • सोमबार, ९ आषाढ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

तस्विर : एसके गुरुङ 

 

लण्डन । बेलायतको रेडिङमा एक बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित आउँदो जुलाई ७ तारिखमा एक च्यारिटी डिनर आयोजना हुने भएको छ । 

 

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारीबारे जानकारी गराएको छ । 

 

च्यारिटी डिनरका लागि गायिका आनी छोइङसंगै संगितकार न्यू बज्राचार्य, सारंगीवादक प्रिन्स नेपाली, बांसुरीवादक रमन महर्जन र पर्कुसनिस्ट सुन्दरकुमार महर्जन पनि आउने भएका छन् । सम्पुर्ण कलाकारहरुको भिसा प्रक्रिया टुंगिएको र उनीहरु जुलाई ४ मा बेलायत उत्रिने कार्यक्रम रहेको बताइएको छ । 

 

साँझ साढे ५ बजेदेखि सुरु हुने कार्यक्रममा गायिका आनीले बुद्ध धर्मसम्बन्धी प्रवचन समेत दिनेछिन् । कार्यक्रमको लागि टिकट मुल्य ५० पाउण्ड छ भने भिआईपी टिकटको १ सय पाउण्ड लाग्नेछ । कार्यक्रम आयोजना हुने भेन्यूमा १ हजार जना अट्ने  क्षमता छ । अहिलेसम्म ७ सय जनाको टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ । 

 

 

टिकटको लागि https://www.eventbrite.co.uk मा गएर लिन सकिनेछ भने कार्यक्रमबारे अन्य जानकारी संस्थाको वेबसाइट  https://buddhistgumba.co.uk मा उपलब्ध छ । 

 

कार्यक्रममा ईस्ट रेडिङका सांसद आलोक शर्मा, स्थानीय मेयर, काउन्सिल लिडरसहितका विशेष अतिथिहरु आमन्त्रित छन् । 

 

बुद्धिस्ट गुम्बा रेडिङले ५ देखि ७ लाख पाउण्डसम्मको लगानीमा रेडिङमा गुम्बा निर्माणको योजना बनाएको छ । यो अभियान सुरु भएको १ वर्षभित्रैमा १ लाख ६० हजार पाउण्ड संकलन भइसकेको छ । अन्य दाताहरुबाट समेत सहयोगको आश्वासन पाइसकेको भन्दै संस्थाका पदाधिकारीहरुले आउँदो २/३ वर्षभित्रै गुम्बा निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको बताएका छन् । 

 

पत्रकार सम्मेलनमा बुद्धिस्ट गुम्बा रेडिङ अध्यक्ष खेमबहादुर गुरुङ, अध्यक्ष महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्धिबहादुर गुरुङ, ट्रस्टीहरु रजनी गुरुङ र  उषा गुरुङ लगायतले कार्यक्रमको तयारीबारे विभिन्न जानकारी गराएका थिए । 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 40 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 43 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 51 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।