रेडिङ बुद्धिस्ट गुम्बा च्यारिटी साँझमा जुट्यो ४५ हजार पाउण्ड

  • बिहीबार, २६ आषाढ, २०७६
  • 4 days ago
  • युके
Education Park

 

लन्डन । रेडिङमा  बुद्धिस्ट गुम्बा निर्माणको सहयोगार्थ सम्पन्न च्यारिटी साँझबाट ४५ हजार पाउण्डको कोष जुटेको छ ।

 

बुद्धिष्ट गुम्बा रेडिङ यूकेले गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुतिमा गत आइतबार उक्त कार्यक्रम आयोजना गरेको थियो । 

 

रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा सम्पन्न कार्यक्रममा ९ सय बढिको सहभागिता रहेको आयोजकले बताएका छन् । 

 

कार्यक्रममा गायिका आनीले सुरुमा बुद्धसम्बन्धी प्रवचन दिएकी थिइन् र पछि गीतहरु सुनाएकी थिइन् । उनले ‘फूलको आंखामा फूलै संसार’ सहित अन्य कयौं गीत गाइन् । आनीलाई लोकप्रिय संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन र प्रिन्स नेपालीले साथ दिएका थिए । कार्यक्रममा संगीतकार बज्राचार्यले पनि आफ्ना चलेका आधा दर्जन गीत सुनाएका थिए ।

 

 

आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेका महासचिव गुरुङका अनुसार गुम्बा निर्माणका लागि यो च्यारिटी कार्यक्रमसहित यसअघिका विभिन्न चन्दामार्फत करिब दुई लाख पाउण्ड संकलन भइसकेको छ ।

 

बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त च्यारिटीमा आनी प्रमुख आकर्षण बनेकी थिइन् । बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले रेडिङमा गुम्बाको आवश्यकता मध्यनजर गर्दै निर्माण परियोजना अगाडि बढाइएको बताए । यसमा स्थानीय मेयर र काउन्सिलले पनि सहयोगको वचन दिएका छन् ।

 

तस्विर : मिलन तमु 

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 8 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 23 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 43 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।