भूपू गोर्खाको समान पेन्सनसम्बन्धी मागमा रेडिङका सांसदको ऐक्यबद्धता

  • मंगलबार, २२ साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । बेलायतको रेडिङ क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद म्याट रोडाले समान पेन्सनका लागि भूतपूर्व गोर्खाहरुले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । 

 

भूपू गोर्खाहरुको समेत उल्लेख्य बसोबास रहेको रेडिङ क्षेत्रका सांसद रोडाले आन्दोलनरत गोर्खाहरुको आन्दोलनमा आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता पनि गरेका छन् । 

 

'द फरगटन ब्रिटिश गोर्खा च्यारिटी' ले रेडिङको क्वीन्स वाकस्थित आफ्नो मुख्यालमा गरेको कार्यक्रममा सांसद रोडालाई अतिथीका रुपमा निम्त्याइएको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोडाले भने, 'बेलायतले भूपू गोर्खाहरुले पुर्याएको योगदानको रिण चुक्ता गर्न बांकी छ । यसका लागि  सन् १९९७ भन्दा पहिला अवकास लिने गोर्खाहरुले पनि समान पेन्सन प्राप्त गर्न आवश्यक छ ।' 

 

रेडिङ क्षेत्रमा बसोबास रहेको ठूलो भूपू गोर्खा समुदायका साथसाथै स्थानीय अन्य समुदायले समेत गोर्खाहरुप्रति सम्मानपुर्ण र समान व्यवहार गरिएको हेर्न चाहेको सांसद रोडाले बताए । भूपू गोर्खाहरुको समान पेन्सनको मुद्धामा पुर्ण समर्थन जनाउंदै उनले यो विषयलाई आफुले संसदमा समेत उठाउने वचन दिए । 

 

उक्त कार्यक्रमको आयोजना भूपू गोर्खाहरुको जारी आन्दोलनका एकजना अगुवा अभियन्ता ज्ञानराज राईले गरेका थिए । अभियन्ता राईले सन् २०१३ मा बेलायती प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाहिर आमरण अनसन बसेर गोर्खा आन्दोलनका पक्षमा ठूलो दबाब सिर्जना गराएका थिए । 

 

बेलायती सेनामा सेवा गरेर सन्  १९९७ भन्दा पहिला अवकास लिने भूपू गोर्खाहरुले बेलायती समकक्षीहरुले भन्दा थोरै पेन्सन सुविधा पाउने गरेका छन् । दशकौंदेखि विभिन्न गोर्खा संगठनले जारी राखेको आन्दोलनको मुख्य मागहरुमध्ये समान पेन्सनको मुद्धा पनि एक छ । 

 


थप समाचार

आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

  • 1 minute ago
आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

काठमाडौं । पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको भन्दै आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ।

वैदेशिक रोजगारी: श्रम शोषण अन्त गर्न १२ देश सहमत

  • 3 minutes ago
वैदेशिक रोजगारी: श्रम शोषण अन्त गर्न १२ देश सहमत

काठमाडौँ— वैदेशिक रोजगारीमा कामदार पठाउने मुलुकहरू श्रमिकका हितमा एकजुट भएर उभिन सहमत भएका छन् ।

राष्ट्रपति भण्डारीको दबाब: एकेडेमी हटाएर हेलिप्याड

  • 9 minutes ago
राष्ट्रपति भण्डारीको दबाब: एकेडेमी हटाएर हेलिप्याड

काठमाडौँ– राष्ट्रपति भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।