'रेडिङकप पुरुष तथा महिला भलिबल' हुँदै

  • शुक्रबार, २७ बैशाख, २०७६
  • 1 year ago
  • युके

मणि सुवेदी, रेडिङ ।

 

यहि मे महिनाको १९ तारिख आइतबार रेडिङको सिन्ट्रा पार्कमा एक भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

ग्रेटर रेडिङ नेपाली समाजले आयोजना गर्दै आएको यो 'रेडिङ कप भलिबल प्रतियोगिता' यसपटक चौंथो संस्करण हो ।  जसमा पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।

 

प्रतियोगितामा बेलायतभरका नेपाली खेलाडीहरुका करिब १५ समुहले भाग लिने कार्यक्रम संयोजक मोहन कटुवालले  जानकारी दिएका छन् । 

 

प्रतियोगितामा भाग लिन पुरुषतर्फ दर्ता शुल्क १ सय ५० पाउण्ड राखिएको छ भने महिला तर्फ १ सय २० पाउण्ड छ ।  पुरुषतर्फ प्रथम हुने समुहलाई १२ सय पाउण्ड र दोश्रो हुने समुहलाई ७ सय पाउण्ड पुरस्कार राखिएको छ भने महिलातर्फ प्रथम हुनेले ५ सय पाउण्ड र दोश्रो हुनेले २ सय ५० पाउण्ड को पुरस्कार प्राप्त गर्नेछन् । 

 

कार्यक्रमलाई सफल गराउन विभिन्न समूह गठन गरि प्रतियोगिताको तयारीमा आयोजक समिति अहिले खटिएको छ ।  समाजका अध्यक्ष टेक गुरुङले बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, मिडियाकर्मीसहित सबैलाई प्रतियोगितामा उपस्थित भएर खेलाडीको हौसला बढाइदिन आव्हान गरेका छन् । 

 

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलको सम्मान र संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समाजकी उपाध्यक्ष सुशिला गुरुङले बताइन् । त्यस्तै, अर्का उपाध्यक्ष भिमसेन खड्काले खेलप्रतिको युवाको लगावलाई प्रोत्साहन गर्नु प्रतियोगिताको लक्ष्य रहेको बताए । 

 

प्रतियोगितास्थलमा नेपाली खानाका स्टलहरुको साथै नेपाली भेषभूषाको प्रदर्शनीसहित  प्रतियोगितालाई मेलाका रुपमा आयोजना गर्न लागिएको समाजले जनाएको छ । 

 

प्रतियोगितालाई सफल पार्न बेलायतस्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका अगुवाहरुबाट सहयोग हुने अपेक्षा समाजले राखेको छ । 

 

 


थप समाचार

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

  • 2 minutes ago
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुग

सोमबार नेकपाको सचिवालय बैठक बस्ने

  • 7 minutes ago
सोमबार नेकपाको सचिवालय बैठक बस्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको ल

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

  • 10 minutes ago
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौा । नागरिक उड्डयन प्राधिकरण (क्यान ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (ने



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।