प्रशिक्षक बर्खास्त गर्न खप्पिस रियल मड्रिड, किन बार्सिलोनाले चाँहि गर्दैन ?

  • शुक्रबार, १ चैत, २०७५
  • 2 months ago
  • खेल

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक फेरिरहने क्लबमा पर्छ । पछिल्लो केही वर्षमा मात्रै रियलले आधा दर्जनभन्दा बढी प्रशिक्षक परिवर्तन गरिसकेको छ । सोमबार मात्रै रियले प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गरेर जिनेदिन जिदानलाई नियुक्त गरेको थियो । 

 

रियलले बर्खास्त गरेका प्रशिक्षकहरु

 

म्यानुअल पेलेग्रिनी

 

परेज रियल मड्रिड अध्यक्षको रुपमा पुनः आएपछि उनले भिलारियलका तत्कालिन प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई ४ मिलियन यूरो दिने गरि भित्र्याएका थिए । पेलेग्रिनीले दोस्रो सिजनमा ला लिगा जिताएपछि उनको सम्झौता सन् २०१६ सम्म पुर्याउने बताइएको थियो तर, सन् २०१० मा न पेलेग्रिनीले क्लब छोड्नुपर्यो ।

 

जोसे मउरिन्हो

 

पेलेग्रिनीपछि रियलले जोसे मउरिन्होलाई इन्टरमिलानबाट ल्याएर सन् २०१६ सम्मको लागि सम्झौता गर्यो तर, जोसेले पनि २०१३ सम्म मात्रै काम गर्न पाए ।

 

कार्लो एन्सेलोटी

 

रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउने कार्लो एन्सेलोटीको रियल बसाई पनि सम्झौता अवधिभर रहेन । उनी सन् २०१३ मा पीएसजीबाट रियल आए । २०१६ सम्मको लागि सम्झौता गरेका उनले २०१५ मै क्लब छोडे ।

 

राफा बेनिटेज

 

एन्सेलोटी पछि रियलको टिम सम्हाल्न राफा बेनिटेज आए । राफाले सन् २०१८ सम्मको लागि सम्झौता गरे तर, कोपा डेल रे मा प्रतिबन्धित खेलाडी खेलाएपछि उनलाई रियलले निकाल्यो ।

 

जिनेदिन जिदान

 

बेनिटेजले छोडेको टिमलाई फ्रान्सका जिनेदिन जिदानले सम्हाले । दुई वटा च्याम्पियन्स लिग जिताएका जिदानको सम्झौता सन् २०२० सम्मको लागि गरियो तर, उनले पनि अकाश्मात रुपमा रियल मड्रिडको जागिर छोडे ।

 

जुलेन लोपेटेगी

 

स्पेनको टिमलाई सम्हालेका जुलेन लोपेटेगीलाई रियलले रसिया विश्वकप शुरु हुनुभन्दा दुई दिनअघि मात्रै प्रशिक्षकको रुपमा भित्र्यायो । उक्त सम्झौतापछि उनले स्पेनको प्रशिक्षक पदबाट पनि हात धुनुपर्यो भने रियलमा पनि उनको बसाई लामो रहेन । सन् २०२१ सम्म सम्झौता गरेका उनले एल क्लासिकोमा ५–१ गोलको लज्जास्पद हार व्यहोरेपछि उनलाई क्लबले बर्खास्त गर्यो । उनले मात्रै ५ महिना रियललाई सम्हाल्न पाए ।

 

सान्टियागो सोलारी

 

सोलारीलाई रियलले सन् २०१८ को अक्टोबरमा नियुक्ति दिएको हो । तर, पाँच महिनामा नै उनलाई क्लबले बर्खास्त गरेको छ । 

 

पेलेग्रिनी भन्दा पनि अघि रियलले कार्लोस क्विरोज, मारियानो गार्सिया रोमोन, भान्डरलिइ लक्जेम्बोर्गो, फाबियो कापेलो, बर्नड स्वेचरलाई पनि बर्खास्त गरेको थियो ।

 

तर, बार्सिलोनाले भने पछिल्लो पटक लुइस भान गाललाई मात्रै बर्खास्त गरेको हो । बार्सिलोनाले सन् २००३ को जनावरीमा उनलाई बर्खास्त गरेको थियो । सो समयदेखि हालसम्म फ्रांक राइकार्ड,  पेप ग्वार्डिवला, टिटो भिलानोभा, टाटा मार्टिनो, लुइस इन्रिके तथा अर्नेष्टो भालभर्दे आए । तर, यी सबै प्रशिक्षकले सम्झौता अवधिभर रहेर क्लब छोडेका हुन् । यसबीचमा बार्सिलोनाको अध्यक्षहरुको रुपमा जोन लापोर्ते, स्यान्ड्रो रोसेल तथा जोसेप मारिया बार्तोमेउ (हालका अध्यक्ष)ले कुनै पनि प्रशिक्षकलाई बर्खास्त गरेको छैन । 

 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 2 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 3 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 3 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।