तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 1 month ago
  • खेल
Education Park

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।

 

जारी सिजनमा रियलले घरेलु लिग ला लिगाको तेस्रो स्थानमा चित्त बुझायो । रियलले विजेता बार्सिलोनाभन्दा १९ अंक अर्थात् मात्र ६८ अंक जोड्न सक्यो । रियलले २१ खेलमा जित, ५ खेलमा बराबरी तथा १२ खेलमा हार व्यहोरेको हो ।

 

रियलको खराब लय सिजनको शुरुवातदेखि नै शुरु भएको हो । अघिल्लो सिजन जिनेदिन जिदानले क्लब छोडेपछि क्लबे जुलेन लोपेटेगीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनीले घरेलु लिगको १० खेलको जिम्मेवारी लिँदा रियलले ४ खेलमा जित, २ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोर्यो ।

 

बार्सिलोनासँग क्याम्प नाउमा ५–१ गोलको लज्जास्पद हार व्यहोरेपछि लोपेटेगीलाई रियलले बर्खास्त गरेर सान्टियागो सोलारीलाई नियुक्त गर्यो । सोलारीको कार्यकाल पनि राम्रो रहेन । १७ खेल खेलाउँदा रियलले १२ खेलमा जित, १ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोर्यो । बार्सिलोनासँग घरेलु मैदानमा दुई पटक र एक बराबरी निस्केपछि उनले पनि जिम्मेवारीबाट हात धुनुपर्यो । 

 

त्यसपछि क्लबले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई जिम्मेवारीमा ल्याएको हो । जिदान आएपछि रियलले ११ खेल खेल्दा ५ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेको थियो ।

 

रियललाई घरेलु लिगमा बार्सिलोना र एट्लेटिको मड्रिड, कोपा डेल रेमा बार्सिलोना तथा च्याम्पियन्स लिगमा आयाक्सले पाखा लगाएको हो ।

 


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 2 minutes ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 5 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 10 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।