बेन्जेमाको दुई गोलमा रियल मड्रिड विजयी, सेभिया र भिलारियलले अंक बाँडे

  • सोमबार, ११ भदौ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले जिरोनालाई हराएको छ । जिरोनाको घरेलु मैदानमा सम्पन्न खेलमा रियल कमब्याक गरेर ४–१ गोलले विजयी भएको हो ।

 

खेलको १७ औं मिनेटमा नै जिरोनाका बोर्जा गार्सिलाले गोल गरेका थिए । तर, खेलको ३९ औं मिनेटमा रियलले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

 

दोस्रो हाफमा रियलले पुनः पेनाल्टी पायो उक्त पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गरे । त्यस्तै, ५९ औं मिनेटमा ग्यारेथ बेल तथा ८० औं मिनेटमा पुनः बेन्जेमाले गोल गरेपछि खेल रियलले ४–१ गोलले जित्यो ।

 

त्यस्तै, आइतबार राति सम्पन्न ला लिगा अन्गर्तगको खेलमा इस्प्यानियोलले भ्यालेन्सियालाई पराजित गरेको छ । इस्प्यानियोलको घरेलु मैदान आरसीडीई रंगशालामा सम्पन्न खेलमा घरेलु टिम २–० गोलले विजयी भएको हो । 

 

घरेलु टिमको लागि ६२ औं मिनेटमा इस्टेवान ग्रानेरो तथा ६८ औं मिनेटमा बोर्जा एग्लेसिसले एक–एक गोल गरेका थिए । 

 

सेभिया र भिलारियलबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । सेभियाको घरेलु मैदान रामोन साञ्चेज पिज्जुवान्मा सम्पन्न खेलमा सेभियाको बल पासेसन बढी भए पनि गोलको प्रयास भने भिलारियलले गरेको थियो । भिलारियलको ५ वटा प्रहार सेभियाका गोलकिपरले बिफल बनाइदिएका थिए । 

 

 


थप समाचार

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 14 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 19 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

  • 30 minutes ago
जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदाता



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।