के रिफ्रेस बारम्बार क्लिक गर्दैमा कम्प्युटर रिफ्रेस हुन्छ त ?

एजेन्सी । मानिसहरु कम्युटर वा ल्यापटपमा काम गर्दा सबैभन्दा बढी गर्ने काम नै रिफ्रेस रहेको छ । यो सबैको साझा विशेषताका रुपमा स्थापित भइसकेको छ । 

 

एक अनुसन्धानका अनुसार हरेक १० जनामध्ये ९ जना विन्डोज प्रयोगकर्ताहरुले बढी भन्दा बढी रिफ्रेस गरिरहेका हुन्छन् । कयौँ पटक कम्प्युटर वा ल्यापटपमा समस्या आएकाले तथा आवश्यक परेकाले रिफ्रेस गर्ने गरिन्छ तर धेरै मानिसहरु रिफ्रेस गर्नाले के हुन्छ भन्ने कुरा नजाने कै भरमा लगातार रिफ्रेस गरिरहेका हुन्छन् ।

 

तीमध्ये कोही यस्ता मानिसहरु पनि हुन्छन् जो नजिकै बसिरहेका मानिसहरुले गरिरहेको देखेर पनि रिफ्रेस गरिरहेका हुन्छन् । कतिपय मानिसहरुलाई लागिरहेको हुन्छ कि रिफ्रेस गर्दा कम्प्युटर सजिलै र छिट्टो चल्ने गर्दछ । कतिपय मानिसहरुले त कम्तिमा पनि ३० सेकेण्डसम्म लगातार रिफ्रेस गरिरहेका हुन्छन् । यति मात्र नभएर कत्तिले त सर्टकर्ट बटन थिचेर पनि लामो समयसम्म रिफ्रेस गरिरहेका हुन्छन् ।

 

रिफ्रेस गर्नाले कम्प्युटरको डिस्प्लेमा देखिने आइकनहरु हल्लिनु बाहेक अरु केही पनि हुँदैन । यसका अलावा कम्प्युटरमा केही पनि असर पर्दैन । यसबाट र्याम रिफ्रेस हुने भन्ने पनि हुदैन । यसबाट केबल डिस्पेलमा रहेका आइकनहरु हल्लिने मात्र गर्दछ । यस्तो बानी आम मानिसमा मात्र नभई कम्प्युटर इन्जिनियरहरुमा पनि हुन्छ । यदि तपाईंमा पनि कम्प्युटर रिफ्रेस गरिरहने बानी वा अन्धविश्वासबाट ग्रस्त हुनुहुन्छ भने निश्चिन्त भएर त्यसलाई बन्द गर्नुहोस् । रिफ्रेसले तपाईंको कम्प्युटर फास्ट गराउने भन्ने होइन, बरु समय मात्र बर्बाद गरिरहेको हुन्छ ।


थप समाचार

दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

  • 4 minutes ago
दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्किएका छन् । घर फर्किनेहरुमा बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना रहेका छन् । तीमध्ये क

तालिबान समूहका ११ जना लडाकू मारिए

  • 13 minutes ago
तालिबान समूहका ११ जना लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु छ जना तालिबानी घाइते भएका छन् ।

भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिए

  • 20 minutes ago
भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिए

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।