धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब

रियाद, साउदी अरब । साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

 

अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकार निकट अन्य सञ्चारमाध्यमले बिस्तृत विवरण नदिइकनै जानकारी गराएका छन् । 

 

अवदा लगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो । 

 

यसबारे सरकारी अभियोजकको कार्यालयले कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

 

मध्यपूर्वी मानव अधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्वीटमार्फत् भनेका छन्, साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन् । यसबारे बिस्तृत विवरणहरू भने आइसकेका छैनन् । 

 

उनले भने, “यस किसिमका मुद्दामा मृत्युदण्ड दिने भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो ।” 

 

अल–अवदा जेलमा बिरामी बनेपछि पश्चिमी शहर जेदाहका उपचाररत छन् । उनलाई जेलमा पाँचमहिनासम्म जेलमा एकान्तमा राखेको उहाँका पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । 

 

उनलाई परिवार लगायतका कसैसँग भेट्ने अबसर नदिइएको मानव अभिकारवादी संघसंस्थाहरूले जनाएका छन् । 

 

एम्नेष्टी इन्टरनेशनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनःमिलनको सूचनालाई स्वागत गरी ट्वीट गरेको केही घण्टामा अवदालाई पक्राउ गरिएको थियो । 

 

साउदी अरब लगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कुटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए । 


थप समाचार

माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

  • 12 minutes ago
माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले शनिबारदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी र

बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

  • 21 minutes ago
बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

काठमाडौं । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

  • 31 minutes ago
सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

डोटी । डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सेप्टेम्बर १०, १९६४० मा जन्मेका मा युँ व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यवसायी तथा अलिबाबा समूहको सस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।