IIMS College

ISMT

HUB Education

समस्याः धर्म कि राजनीति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आदर्श के लाई भन्ने भन्ने कुरो छोटकरीमा भन्नु पर्दा आदर्श त्यहि हो जसले आफूलाई कुनै पनि काम अथवा कुरा गर्न प्रेरित गर्दछ । आ–आफ्नो उद्धेश्य अनुसार आदर्श फरक–फरक हुन सक्दछन् । समग्रमा जीवन जीउनु भनेको शिक्षा र अनुभव संगाल्नु र त्यहि शिक्षा र अनुभवका आधारमा ठीक–बेठिक छुट्याउँदैं नयाँ निर्णय गर्नु हो । जीवन बाँच्न एक्लै सुविस्ता हुँदैन् भनेर समाजको अवधारणा अनि विकसित भएर राज्यको स्वरूपमा परिवर्तित भएका हुन् भन्ने शिक्षा हामीले पाएका छौं । समाज हुँदै राज्यसम्म आई पुग्दा मान्छे–मान्छेबीच सम्झौता भए अरे, तिनै सम्झौंता पछि गएर कानुन बने अरे भन्ने पनि शिक्षा कै रूपमा ग्रहण ग¥यौ  ।

 

राज्यको परिभाषामा पूर्व–पश्चिम–उत्तर–दक्षिण सबै दिशाका सबै समयका विद्वानहरूको एकमत छ, ‘आफ्नो व्यक्तिगत र सामाजिक सुरक्षाका लागि हरेक व्यक्तिहरुले आ–आफ्नो शक्ति (पावर) एउटा संस्था र व्यक्तिलाई प्रत्यारोप गर्ने र आफू त्यसै संस्था र व्यक्ति अन्तर्गत शासित हुने । फलस्वरूप जसले शक्ति ग्रहण गर्दछ, उसले शासन व्यवस्थाको प्रबन्ध मिलाएर व्यक्तिगत सम्पत्ति र सामाजिक सुरक्षा प्रदान गर्दछ । त्यो शासन ब्यवस्था सञ्चालन गर्न लाग्ने खर्च को व्यवस्थाका बारेमा भने हरेक व्यक्तिले आ–आफ्नो पेशा ब्यवसायबाट गरेको आम्दानीबाट अनिवार्य केहि रकम छुट्याउने र त्यो संस्थार व्यक्तिलाई ‘कर’ स्वरूप दिने ।’ 

 

यो न्युनतम सहमतिमा राज्यको प्रादुर्भाव भएको हो  । अभ्यास र शिक्षाले मान्छेलाई अनुभवी बनाउँछ । राज्य र मत अथवा सम्प्रदाय (जसलाई आजभोलि ‘धर्म’ भनिन्छ, तर होइन) सम्बन्धी विवाद संसारभर भई आएका कुराहरु हुन् । संसारका धेरै मानिसहरुले विश्वास गर्ने संस्कृति र मतहरु मध्ये सबैजसो मतको चुरो राज्यसँग गाँसिन पुगेको देखिन्छ ।

 

इसाई मतमा ‘दुई तरवारको सिद्धान्त’ प्रचलित छ जस अनुसार भगवानले पादरीलाई २ वटा तरवार दिए, एउटा मत अर्थात रिलिजियन र शासनको । पादरीले रिलिजियनको तरवार आफूसँगै राखे अनि राज्यको तरवार राजालाई दिए । अब कानुन र राज्य ब्यवस्था सम्बन्धी अन्तिम निर्णय पादरीको नै हुने भयो । यसरी सुरुवात भएको राज्य र रिलिजियनको विवाद केहि अघि मात्रै ‘सेक्युलारिज्म’ अन्तर्गत टुंगियो । जसले राज्य र रिलिजियनको अलग–अलग कार्य सीमा तोकेर स्पष्ट फरक छुट्यायो, तथापि राज्य माथिको दबाब र निर्णय प्रभावित तुल्याउने काम अझै विद्यमान छ । यसरी हेर्दा इशाई मत एउटा रिलिजियन मात्रै नभएर राजनैतिक संस्था (पोलिटिकल इन्स्टिच्युसन) नै अद्यावादिक कायम देखिन्छ । इश्लाम मतले राज्य ब्यवस्था सम्बन्धी अलग कानुनी किटानी ब्यवस्था गरे पनि रिलिजियस हस्तक्षेप सधंै रही रहेको पाइन्छ । यसरी यो मत पनि पोलिटिकल इन्स्टिच्युसन नै देखिन्छ । हिन्दु(वैदिक सनातनी) मत अनुसार ‘मनु’ महाराज ब्रह्माका पुत्र हुन् र उनी नै यो अहिलेको सभ्यताको आदि पुरुष पनि ‘प्रजा’ उत्पन्न गरेर शासन गर्नु नै उनको परम् कर्तब्य हो, थियो ।

 

‘मत’ (रिलिजियन) र ‘धर्म’का सम्बन्धमा यहाँ अलिक प्रष्ट सीमाना कोरेको पाइन्छ । जस अनुसार ‘धर्म’ प्राकृतिक गुण हो भने ‘मत’ विकसित गरिएको जीवन पद्धति ‘धर्म’ जीव, निर्जिव, चल, अचल, दृश्य, अदृश्य सबैको हुन्छ भने ‘मत’ मानव समुदायको मात्रै हुन्छ । हरेक मतको आ–आफ्नै धर्म हुन्छ । यो मत (हिन्दु) अरू मतभन्दा निक्कै फरक र चतुर देखियो राज्य र मत को फरक छुट्याउन । यसले राज्यको ‘धर्म’ अलग्गै निर्धारित गरेर स्वतन्त्र शासन पद्धतिको संस्थापना ग¥यो भने मान्छेको जीवनशैली भने ‘वैदिक सनातनी’ व्यवस्था अन्तर्गत । घुमाउरो ढंगले ‘राजा’लाई वैदिक सनातनी मतको धर्मको रक्षक भनेर ‘धर्मावतार’ बनायो । समाजमा ‘वर्ण ब्यवस्था’ कायम गरेर मान्छेको ‘गुण’का आधारमा वर्ण निर्धारण ग¥यो (आजभोलि जन्मका आधारमा वर्ण निर्धारण गरिन्छ) ।

 

अलग्गै राज्य धर्मको ब्यवस्था मिलाएको हुनाले यो मत अरू मतको जस्तो प्रत्यक्ष राज्य ब्यबस्थामा हावी भएको नदेखिए पनि यो पनि ‘पोलिटिकल इन्स्टिच्युसन’ नै प्रमाणित हुन्छ । यसरी जुनसुकै मत धर्म भएपनि त्यसमा ‘शासन’ सम्बन्धी गुण विद्यमान देख्न सकिन्छ किनभने यिनीहरू सबै कुनै न कुनै बिन्दुमा ‘पोलिटिकल इन्स्टिच्युसन’ नै हुन् । यिनीहरूको गुण भनेको नै राजनीतिलाई प्रभावित तुल्याउनु हो । यिनीहरूबाट कसरी र कुन हदसम्म प्रभावरहित अवस्थामा राजनीतिलाई राख्ने भन्ने कुरो ‘राजनीतिज्ञ’को कुशलतामा निर्भर गर्ने कुरो हो । 

 

उत्पत्ति जे जस्तो भएपनि कालान्तरमा विकसित भएको शिक्षा र अभ्यासले आज राज्य धर्म र मत धर्मको सिमाना फराकिलो बनाउँदैं ल्याएको छ । आज हामीले हेर्दा राज्यको धर्म भनेको हिन्दू, इसाई, इस्लाम, बौद्ध इत्यादि मत धर्म नभएर न्याय, सु–शासन र रक्षाको धर्म हुनुपर्ने देखिन्छ । मत धर्मको संस्कृति र परम्परा भनेका राज्यका गहना हुन्, यिनीहरुको रक्षा गर्नु पनि राज्य धर्म अन्तर्गत नै पर्न आउँछ । यसरी राज्यको मत धर्महरूबीच भेद दृष्टि हुनु हुँदैन् । माथि नै उल्लेख गरियो ‘कर’ तिर्दा ‘मत धर्म’को नियम लागु हुँदैन्, त्यसो हुँदा ‘कर’ र ‘सिमाना’को सिद्धान्त बमोजिम राज्य ‘मत धर्म निरपेक्ष’ रही राज्य धर्मावलम्बी हुनुपर्दछ, अहिले ब्याख्या गरिंदै आएको ‘धर्म निरपेक्ष’ वाक्याँशको प्रयोगको अर्थ पनि नै हो ।

 नेपालको परिप्रेक्षमा अहिलेसम्म देखिएका अथवा विकसित भएका कार्य प्रणालीहरू किटान गरी भन्नुपर्दाः

क) फोहोर उत्पादन गरेर दुर्गन्ध फैलिए पछी गन्ध मार्न फिनेल खन्याउने र 

ख) समस्यालाई जसरी पनि समस्यामै परिवर्तन गर्ने गरि समाधान खोज्ने  

यी दुई कार्यप्रणाली विद्यमान रहुन्जेल विकास र निकासका नाउँमा नयाँ–नयाँ समस्याका समाधानका समस्याका उपायहरू नै देखा पर्छन । अहिलेसम्मको शिक्षा र अभ्यास अनि ती अभ्यासहरूका आधारमा तयार भएको अनुभवले त्यहि कुरो पुष्टि गर्दछ । आयोग बनाएर पुरानो समस्यालाई नवीकरण गरेर एउटाबाट गुणात्मक हिसाबले वृद्धि गर्दै बहुआयामिक समस्या थप्नु नै हाम्रो विकास हो । समस्याको श्रृखलामा समस्या नै समाधान भएर आउनु बिडम्बना हो । समस्या एक आपसमा आरोप÷प्रत्यारोप गरिने अर्को ठूलो समस्या हो । राज्यले जनता, जनताले कर्मचारी, कर्मचारीले राजनीति ब्यवसायी, राजनीति ब्यवसायीले विदेशी तत्व, विदेशी तत्वले बाहुनवाद र बाहुनवादले फेरी राज्यलाई नै समस्याको दोष पन्छाउने काम वृत्ताकार वर्षौंदेखि घुमी रहेको छ । स्मरण रहोस, वृत्त ज्यामितिको सबैभन्दा जटील समीकरण हो र शक्तिको उत्पत्ति र चाल समेत वृत्ताकार नै हुन्छ ।  यो वृत्तभित्र पनि एक आपसमा चाँप, ब्यास अथवा अर्ध–व्यासका अभ्यास भई रहन्छन् । एउटा वाक्यमा भन्नु पर्दा, व्यक्तिले आफ्ना क्रियाकलापको जिम्मेवारी पन्छाउने अभ्यास नै समस्याको उद्गम विन्दु होस कर्मचारी, प्रणाली, मत, सम्प्रदाय, भ्रष्टाचार, धर्म, वर्ग, भूगोल, संघीयता इत्यादि कुनै समस्या नै होइनन् ।

 

हुँदा पनि तिनीहरु गौण अर्थात पुरक मात्रै हुन् । हाम्रामा बडो अनौठो चलन चलेको छ, त्यो हो अरूलाई गाली गरेर आफ्नो गल्ती ढाकछोप गर्ने । समानता र सशक्तिकरण जस्ता भयंकर डरलाग्दा शब्द वर्षा गर्दै ‘बाघ’ गर्जन गर्ने नेता अथवा कार्यकर्ताहरूले आजका मितिसम्म कतै, कहिल्यै र कस्तै अवस्थामा पनि ‘आ–आफ्ना क्रियाकलापको जिम्मेवारी लिन हाम्रो पार्टी ले निर्देशन जारी गरेको छ’ भन्ने अभिव्यक्ति दिएको सुईको पाइएको छैन् । आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई सुशिक्षित गर्ने जिम्मेवारी नेता ‘भनाउँदा’हरूको नै हो, पिछलग्गु कार्यकर्ता ‘भनाउँदा’हरूको हो । यहाँ ‘भनाउँदा’लाई ‘कथित’ शब्दको कडा स्वरूप प्रस्तुत गरिएको हो । जब मान्छेले ‘तोकिएको पदीय जिम्मेवारी’ बहन नगरी त्यो ‘पद’ ‘बुढो गोरूले गाई ओगटेजस्तो’ गरी ओगट्छ, त्यो व्यक्ति ‘भनाउँदो’मा परिणत हुन्छ । यसरी जबमान्छे (?)ले नीति अथवा राजनीति लाई पंगु बनाउँदैं लैजान्छन्, त्यस अवस्थामा साम्प्रदायिक मत (रिलिजियन)ले उनीहरूलाई अधिनस्थ बनाउँदै लैजान्छन् । पंगु राजनीतिमा सिद्धान्त, मत अथवा जिम्मेवारी भनिने कुनै कुरै हुँदैनन् ।

 

सिद्धान्त नभएपछि अर्काको पछि लाग्नु स्वाभाविक नै हो । आफ्नो राजनैतिक स्वार्थ सिद्ध गर्न ‘मत धर्म’का प्रचारकहरू अहोरात्र खटि रहन्छन् । वैदिक कालीन ‘सत्य युगीन रामराज्य’को अवधारणाका आधारमा प्रचार–प्रसार गरिने ‘हिन्दू मत धर्म’ होस् अथवा हिजो औपनिवेशिक साम्राज्य चलाई सकेको ‘इसाई मत धर्म’को परिवर्तित स्वरूप ‘सांस्कृतिक (साप्रदायिक?) औपनिवेशिक साम्राज्य पुनर्गठन गर्ने स्वरूपको प्रचार–प्रसार भइरहेको, सबैले मौका, उपलब्ध स्रोत, साधन र क्षमताको प्रयोग गर्छन नै । अहिले नेपालमा भएको यहि हो कि इसाई मत धर्मावलम्बीहरूको आक्रामक प्रचार–प्रसार शैलीले प्रभावित संकटापन्न सामाजिक ब्यवस्था । यसलाई निरुत्साहित गर्न जनता तिनै ‘दलाल’लाई गुहार्दै छन्, जसले यिनैको जुठो चाटिरहेका छन् । कथित हिन्दू मतावलम्बीहरू भने आफू सुध्रिएर समाजमा विद्यमान भेदभाव हटाउँदै सामाजिक सहिष्णुता विस्तार गर्ने बाटो अवलम्बन गर्नुको साटो झन् अधोगतितिर जाँदैछन् !

 

सञ्चार जगत ‘कृपण’ हुँदै गएका छन्, पैसाका बलमा ‘न्यायिक सञ्चार’को सट्टा ‘विज्ञापन सञ्चार’ भएका छन् । समाजको यो अवस्थालाई श्रीमदभागवत महापुराणमा ‘घोर कलि’को संज्ञा दिइएको छ । अहिले हाम्रामा भएको संघीयता, धर्म, संविधान इत्यादि जे जति टन्टा छ त्यो सबै ‘पार्टी’ कहलिने झुण्डका नेता भनाउँदा नाइके अथवा दफेदारहरूको सिद्धान्त विहिनताको परिणाम हो । वर्षौंदेखि भारतको जुठो पुरो खाएर हुर्किएका व्यक्तिहरुले भारतकै संरक्षणमा भारतीय विस्तारवादको नारा घन्काउँछन् ! विभिन्न व्यक्तिगत अथवा संस्थागत स्वार्थका कारणले आफ्नो राजनैतिक जीवन समाप्त भएका व्यक्तिहरू फेरि ‘साम्प्रदायिकता’का आधारमा आफ्नो काँचुली फेर्ने सपना बुन्दैछन् । 

 

समस्याको समाधान यदि साँच्चिकै चाहिएको हो भने सबै व्यक्ति, संस्था अथवा गुटहरूले आ–आफ्ना क्रियाकलापहरूको जिम्मेवारी लिए मात्रै पुगि हाल्छ । तर, समाधान होइन नयाँ बहुआयामिक समस्याको मुहान खोजी भइरहेको बेलामा समाधान कसैलाई पनि रुचिकर हुँदैन । कृपया आ–आफ्नो क्रियाकलापको जिम्मेवारी बहन गरौँ र विद्यमान समस्याबाट तत्काल निकास निकालौं भन्ने कामना सहित । धर्मो रक्षति रक्षित ।

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 59 minutes ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 1 hour ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 1 hour ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।