वडा कार्यालयहरूलाई चुस्त, दुरुस्त बनाउन मेयर दाहालकाे निर्देशन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इमान्दार, निष्ठावान बनी सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।

 

भरतपुर महानगरपालिकाका वडा सचिवहरू र समायोजन पदस्थापनमा आएका कर्मचारीहरूको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालयहरूलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताइन् ।

 

उनले भनिन्, ‘राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्र्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ ।’ महानगर प्रमुख दाहालले वडा कार्यालयहरूलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशन दिएकी थिइन् ।

 

कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिवहरू सहभागि थिए । महानगर प्रमुख दाहालले भनिन्, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यदाकदा केही गुनासोहरु आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ ।’ 

 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिङ्गो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरूको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको कर्तव्य भएको बताइन् । 

 

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महानगरका उपसचिव प्रद्युम्न उपाध्यायले दिएका थिए । 

 

दुई दिनसम्म चल्ने कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिव कुलबहादुर जिसी, सूचना अधिकारी मेनका पण्डित, उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय, ठाकुरप्रसाद पौडेल, नेत्रप्रसाद रिजाल, तुलसीप्रसाद पौडेललगायतले प्रशिक्षण दिनेछन् ।

 


थप समाचार

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

  • 1 minute ago
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नय

गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

  • 11 minutes ago
गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ती कैदीको कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले

स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

  • 14 minutes ago
स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

स्याङ्जा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना भाइरसबाट संक्रमित भएका हुन्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।