IIMS College

ISMT

HUB Education

नेपालमा चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु

  • सोमबार, २८ पुष, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ब्रिस्टल / काठमाडौं।  बेलायती मेडिकल जर्नल 'इन्जरी प्रिभेन्सन' मा पहिलोपटक प्रकाशित नेपालमा चोटपटकको रोगभारसम्बन्धी एक अध्ययनले नेपालमा सबै खालका चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु हुने गरेको देखाएको छ। 

 

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्ड र अमेरिकाको वाशिङ्गटन युनिभर्सिटिका अनुसन्धानकर्ताहरूले पहिलो पटक संयुक्त रूपमा प्रकाशन गरेको नेपालमा चोटपटकको रोगभार सम्बन्धी अध्ययन ले सन् २०१७ मा सबै खालका चोटपटकको कारण नेपालमा १६,८३१ जनाको मृत्यु भएको जनाएको छ। जुन सन् १९९० को भन्दा ३,५०० ले बढी हो। 

 

विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनअनुसार जस अनुसार नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिसहरूको (३,१००) भन्दा सडक दुर्घटनाबाट मृत्यु हुनेको (३,४००) संख्या ९ प्रतिशतले बढी पाइएको छ। अध्ययनअनुसार उक्त उमेर समूहका करीव ३,४०० जनाको सडक दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या ३,१०० रहेको थियो।

 

अध्ययनको सारांशबारे युनिभर्सिटि अफ द वेष्ट अफ इङ्ल्याण्डका शोधकर्ता डा. पुष्पराज पन्तले भन्नुभयो - "यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पुर्याउने कुनै मनशाय नभए पनि हुने घटनाहरू र मनशायपूर्ण घटनाबाट हुने सबै खालका चोटपटकहरूको लेखाजोखा गरेका छौं। यसबाट सबै वर्गका पाठकहरूले चोटपटक वा इन्जरी विषयले के के बुझाउँछ र देशमा यसको रोगभार कस्तो रहेछ भन्ने कुरा थाहा पाउने अपेक्षा गरेको छु।" 

 

विश्व स्वास्थ्य संगठनका अनुसार 'शरीरको सहन क्षमताभन्दा अधिक बाह्य ऊर्जाको सम्पर्कले गर्दा मानिसको शरीरमा हुने भौतिक क्षति वा ताप र अक्सिजन जस्ता अत्यावश्यक तत्वको अकस्मात हुने कमीबाट शरीरका अंगहरूमा हुने समस्यालाई बुझिन्छ ।

 

नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण समस्या भएको  उजागर गरेको छ। चोटपटकबाट नेपालमा हुने कुल मृत्युको ४५ प्रतिशत यातायात सम्बन्धी दुर्घटनाबाट, १८ प्रतिशत लडेर १४ प्रतिशत आत्महत्याको कारण हुने गरेको पाइएको छ। तथ्यांक अनुसार एक वर्षमा सबै खालका यातायात सम्बन्धी दुर्घटनाबाट ७,५२४, मनशायविना हुने चोटपटकको कारणबाट ६,४६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट २,८४२ जनाको मृत्यु हुने गरेको छ। नेपालको एक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६.३१ रहेको छ; पुरूषहरूमा त यो दर ७६ रहेको छ।

 

अध्ययनमा यातायातसम्बन्धी दुर्घटनाको वर्गलाई ६ उपशीर्षकमा वर्गीकरण गरिएको छ, जस अनुसार सबैभन्दा बढी पैदलयात्री ४८ प्रतिशत, चारपाङ्ग्रे मोटरवाहन प्रयोगकर्ता १८ प्रतिशत, मोटरसाइकल प्रयोगकर्ता १७ प्रतिशत, साइकल प्रयोगकर्ता १० प्रतिशत र अन्य सबै खालका यातायात प्रयोगकर्ताहरू ११ प्रतिशत रहेका छन्। तर प्रहरीको तथ्यांकमा नेपालमा २०१७ मा अभिलेख भएका १०,९६५ सडक दुर्घटनामा २,५४१ जनाको मृत्यु र १२,३९१ जना घाइते भएको उल्लेख छ। तुलनात्मक रूपमा यस अध्ययनले नेपालमा उपलव्ध तथ्यांक भन्दा निकै बढी अथवा एक वर्षमा ६,७८७ वा दैनिक १८ जनाको कुनै न कुनै किसिमका यातायात दुर्घटनाबाट मृत्यु हुने देखाएको छ।

 

नेपालमा निरन्तर बढीरहेको मोटरवाहनहरू, त्यसमा पनि दुई /तीन पाङ्ग्रे मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नभएका र सडकहरूको दयनीय अवस्था, ट्राफिक नियमको फितलो कार्यान्वयन, सडक सुरक्षासम्बन्धी सचेतना र कार्यक्रमहरूको अभाव आदिलाई बढ्दो सडक दुर्घटनाको कारकको रूपमा लिन सकिन्छ। त्यसै गरी चालकको ध्यान विचलन गर्ने मोबाइल फोनको प्रयोग, चालकले रक्सी अथवा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने जोखिमलाई बढाएको हुन्छ। 'पक्कै पनि देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको टड्कारो आवश्यकता हो, यसको लागि सबै क्षेत्रबाट उत्तिकै माग पनि गरिएको छ, तर सडक सुरक्षाको प्राप्तीका सरकारी नेतृत्वबाट देखिने गरी प्रतिवध्दता पहिलो र मुख्य आवश्यकता हो त्यसैबाट यसको शुरूवात हुन्छ।' डा. पन्तले भन्नुभयो।

 

त्यसैगरी यस अध्ययनले मनाशायविनाका चोटपटकका घटनाबाट घाइते र मृत्यु गराउने कारणहरूलाई पनि वयान गरेको छ। यस वर्गमा हुने मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर (४५ प्रतिशत), डुबेर (१५ प्रतिशत), विषालु विष नभएका जनावरबाट (७ प्रतिशत), पोलेर (६ प्रतिशत), यान्त्रिक बल (५ प्रतिशत), प्राकृति विपत्ती (२ प्रतिशत) र विषको असर बाट (१ प्रतिशत) र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने देखाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार लडेर हुने चोटपटक र मृत्युलाई पेशागत संलग्नता, औषधिलगायत रक्सी र लागू पदार्थको सेवन, विरामीपन, दृष्टि र शारिरीक संतुलन विगार्ने खालका स्वास्थ्य समस्यासँग सम्बन्धित गरिएको छ। नेपालमा बढ्दो वृध्दावस्थाको जनसंख्यालाई पनि लडेर हुने चोटपटकसँग दाँज्न सकिन्छ।

 

चोटपटकको तेस्रो समूहमा पर्ने मनशाययुक्त हिंसाका घटनाबाट भएका सबै मृत्युमध्ये सबैभन्दा बढी आफैलाई हानी पुर्याउने वा आत्महत्या ८२ प्रतिशत, परस्पर हिंसाजन्य कारणहरू १७ प्रतिशत र बाँकी १ प्रतिशत द्वन्द्वबाट हुने गरेकोछ। विश्वव्यापी रोगभार अध्ययनले तथ्यांक विश्लेषणका विशिष्ट पध्दति (मोडेलिङ) उपयोग गरेको भए पनि, प्रजनन उमेर समूहका महिलाहरूका लागि उपरोक्त तथ्यांक अपूर्ण भएको हुनसक्छ।

 

चोटपटकबाट हुने स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्नु पर्ने तर्फ इंगित गर्दै अध्ययन प्रतिवेदनको नेतृत्वकर्ता डा. पन्तले भन्नु भयो – "सबै खालका चोटपटकबाट भइरहेको क्षतिबाट राज्यको जनधनमा परेको नकारात्मक प्रभावले दीगो विकासका लक्ष्य हासिल गर्ने हाम्रो आकांक्षामा अवरोध पुर्याइरहेको छ भन्ने कुरामा कुनैं शंका छैन। यस समस्यालाई जनस्वास्थ्यको प्रमुख चुनौंतिको रूपमा पहिचान गर्ने र यसको नियन्त्रण तथा रोकथामका लागि प्रष्ट राजनैतिक प्रतिवध्दताको खाँचो रहेको छ।"

 

उक्त अध्ययन टोलीमा अमेरिकाको वाशिङ्टन विश्वविद्यालय र इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसनका चोटपटक अनुसन्धान प्रमुख डा. स्पेन्सर जेम्स लगायत ब्रिष्टल स्थित वेष्ट अफ इङ्ल्याण्ड विश्वविद्यालयका प्रा. जुली मिटन, डा. सन्तोष भट्ट र अमृत बाँस्तोला तथा नेपालमा रहेका ८ जना विश्वव्यापी रोगभार अध्ययनका सहकर्ताहरू रहेका छन्।

 

RELATED LINKS: 

Global Burden of Disease study Data visualisation www.healthdata.org/gbd

 

MEDIA CONTACTS

Dr Puspa Raj Pant

University of the West of England

Bristol, United Kingdom

E-mail: puspa.pant@uwe.ac.uk

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 57 minutes ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।