साहित्यकार रेशम विरही पुरस्कृत

भरतपुर । साहित्यकार तथा पत्रकार रेशम विरही ‘श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् ।

 

प्रगतिशील लेखक संघ, चितवन शाखाले प्रत्येक २ वर्षको अन्तरालमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार २०७५ सालको लागि विरहीलाई दिने निर्णय गरेको हो ।

 

गोरखाको हर्मीमा जन्मिएर विभिन्न समयमा चितवन, नेपालगञ्ज र काठमाडौँलाई कार्यक्षेत्र बनाई लामो समयदेखि साहित्य लेखन र पत्रकारितामार्फत् नेपाली भाषा र वाङ्मयको सेवा गर्दै आइरहेका विरहीको ९ वटा कृति प्रकाशित छन् ।

 

उनका ९ वटा कृतिमध्ये मुलाको बोक्रा र आलिमुनिको झ्याउँकिरी (२०३५), भित्ताको रंग (२०५५), मंगली गुप्ताको पान (२०६०), सुन्दरबस्ती (बालकाव्य, २०६५), थालथालमा सपना (२०६९) र तुरुप (२०७४) गरि ६ वटा कविता सङ्ग्रह प्रकाशित छन् । त्यस्तै विरहीको ‘आधारभूत पत्रकारिता शिक्षा’ नामक पाठ्यपुस्तक २०६१ सालमा प्रकाशित भएको थियो ।

 

गद्य लेखनमा पनि विरही सिद्धहस्त लेखकका रुपमा परिचित छन् । उनले २०७२ सालमा देब्रे आँखा नामक निबन्ध संग्रह ल्याएका थिए । त्यस्तै प्रेमदासको डायरी नामक उनको उपन्यास २०७३ सालमा प्रकाशित छ । उनकाे 'समय कन्फेसन' नामक अर्काे निबन्ध संग्रह प्रकाशनकाे तयारीमा छ ।

 

प्रगतिशील लेखक संघ, चितवन शाखाद्वारा गठित पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले विरहीलाई पुरस्कृत गर्ने प्रस्ताव गरेको थियो । 

 

शाखाका अध्यक्ष सुमनराज श्रेष्ठले पुरस्कार छनौट समितिको प्रस्तावलाई सदर गर्दै विरहीलाई माघको पहिलो साता पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे जानकारी दिए । 


थप समाचार

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

  • 11 minutes ago
हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 16 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 23 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।