साहित्यकार रेशम विरही क्यान्सरसँग लड्दै, अर्थ संकलनकाे तयारीमा लेखक तथा पत्रकारहरू




काठमाडौँ । पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका ९ वटा कृति प्रकाशित भइसकेका छन् ।
हाल भरतपुर महानगरपालिका वडा नं. १६ मा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
पहिलो चरणको केमोपछि घरमा आराम गरिरहेका विरहीलाई १५ दिनको फरकमा चारपटक केमो दिएपछि आन्द्राको शल्यक्रिया गर्ने चिकित्सकले जनाएका छन् ।
शल्यक्रियापछि पेट स्क्यान गरेर क्यान्सर बाँकी रहे नरहेको हेर्न सकिने चिकित्सकले सुझाएको उनले बताए । जीवनभर पत्रकारिता र साहित्यमा लागे पनि उल्लेख्य आर्थिक उपार्जन गर्न नसकेका विरहीको उपचारमा भने ठूलो धनराशि खर्च हुने देखिएका छ । यही उपचार गर्दा रु. २० लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ ।
उनको उपचार सहयोगार्थ चितवन र नेपालगञ्जका पत्रकारले आर्थिक सङ्कलन गर्ने तयारी गरेका छन् । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले अस्पतालमा उपचार गर्दा के-कति सहुलियत गर्न सकिन्छ त्यसको पहल गर्दै आर्थिक सङ्कलनका लागि तयारी गरिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्यसमेत रहेका विरही पछिल्लो समय साहित्यिक कार्यक्रममा बढी क्रियाशील थिउ । छैसठ्ठी वर्षीय विरहीले वि.सं. २०२८ मा मातृभूमि पत्रिकाबाट पत्रकारिता सुरू गरेका हुन् ।
प्रतिध्वनि, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक र भरतपुर मासिक पत्रिकामा सम्पादनको भूमिका गरिसकेका छन् ।
विरही नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि सम्पादक हुन् भने भरतपुरबाट निस्किनृ चितवन पोष्टसहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसकेका छन् ।
विरहीको वि.सं. २०३६ मा पहिलो कृति मूलाको बोक्रा कविता सङ्ग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी वि.सं. २०७४ मा प्रकाशित भएको छ ।
यसबीचमा विरहीका भित्तामा रंग, मङ्गली गुप्ताको पान, आधारभूत पत्रकारिता पाठ्यपुस्तकलगायतका नौ वटा पुस्तक प्रकाशित भएका छन् । विरहीले दुई वटा पुस्तक प्रकाशनको तयारी भए पनि आफू बिरामी भएपछि रोकिएको जानकारी दिए ।
थप समाचार
बेलायत आउँदै 'छ माया छपक्कै'
- 3 hours ago

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले बताए ।
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण
- 5 hours ago

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ
- 5 hours ago

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।
विचित्र विश्व
अभागी पुरुषको भाग्यः शत्रुले उसैको पैसा उपयोग गरी उसकै विरुद्ध काम गर्छ

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।