बस दुर्घटनामा परी मानवीय क्षति भएपछि तीनजना मन्त्रीले राजीनामा दिए

Education Park

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । 

 

पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । 

 

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारहरुसँग भने । 

 

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ । 

 

प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् । 

 

दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका थिए । 

दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । 


थप समाचार

सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

  • 20 minutes ago
सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

काठमाडौं । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि अपराधिक क्रियाकलाप बढिरहेको छ । राजधानी दिल्लीमा फटाहाहरुको एक समूहले चक्कु प्रहार गरी एक युवकको हत्या गरेका छन् । यो घटना गएरातिको हो । आइतबार साँझ नबी करि

अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

  • 33 minutes ago
अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरुले पनि पर्सनल युट्युव च्यानल खोल्न थालेका छन् । केही समय अघि मात्रै बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै पर्सनल युट्युब च्यानल खोलेकी छन्, जहाँ उनले भ्लग बनाएर अपलोड ग

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 55 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।