रेसुङ्गामा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । 

 

वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ । समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ । 

 

फागुन/चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउँछन् । “गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्, गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ”, उनले भने । 

 

तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ । कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ । 

 

नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताए । हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उहाँले बताउनुभयो । “गुराँस फूलले वनैभरि ढाकेको देख्दा नआऊँ भने पनि मनले पटक्कै मान्दैन, हरेक वर्ष गुराँस फूल फुलेकै हेर्न मात्र भए पनि रेसुङ्गा वनमा आइरहेको हुन्छु” उनले भने । 

 

अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउँछन् । पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ । केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ । 

 

ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ । यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ । यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ । रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ । 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 7 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 10 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 10 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।