IIMS College

ISMT

HUB Education

आरजिएनएसमा सल्लाहकार र एनआरएनए पदाधिकारीहरुको सम्मान

  • सोमबार, ३० मंसिर, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । ग्रीनवीच क्षेत्रका नेपालीहरुको संस्था रोयल ग्रीनवीच नपाली सोसाइटी ( आरजिएनएस) ले आइतबार एक बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

 

संस्थाका नवनियुक्त सल्लाहकारहरु र साउथ इष्ट लन्डनबाट एआरएनए यूकेका विभिन्न पदमा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई बधाईसहित सम्मान गरिएको हो । 

 

प्लमस्टिडस्थित चौतारी  पार्टी हलमा गरिएको कार्यक्रममा संस्थाकी अध्यक्ष शर्मिला हिराचन र प्रमुख अतिथि एवम् नवनिर्वाचित बेलायती सांसद अबिना ओपोंग असारेले संस्थाका २ दर्जन बढि सल्लाहकारलाई खादा ओढाएर स्वागत गरेका थिए । 

 

त्यस्तै, एआरएनए आइसिसीको मानार्थ परिषदमा मनोनित विनोद ज्ञवाली र कर्ण शाही तथा एनआरएन यूकेमा निर्वाचित आइसिसी सदस्य अर्कराज तिम्सिना, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड परिषद अध्यक्ष दिपक श्रेष्ठ, एनआरएन यूके सदस्य प्रकाश कँडेल र कोअप सदस्यमा मनोनित ह्यारी गुरुङ पनि सम्मानित भए ।

 

त्यसअवसरमा गतसाता मात्रै इरिथ एण्ड थेम्समिड क्षेत्रमा निर्वाचित सांसद असारेलाई पनि आरजिएनएसको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै, आरजिएनएससंग सहकार्य गर्दै आएको दिदीवहिनी समुहका सदस्यहरुलाई पनि खादा ओढाएर प्रशंसा गरियो । 

 

 

कार्यक्रममा मन्तव्य राख्दै सांसद असारेले स्थानीय क्षेत्रमा नेपाली समुदायले गरिरहेको योगदानको प्रशंसा गरिन् । आउँदा दिनमा नेपाली समुदायको सहयोग र सहकार्यमा काम गर्न आफु तत्पर रहेको उनले बताइन् । 

 

कार्यक्रमका विशिष्ट अतिथि काउन्सिलर म्याथ्यु मरो र इरिथ एण्ड थेम्समिड क्षेत्रका लेबर पार्टी नेता पिटर बेकरले आफ्नो शुभकामना मन्तव्यका क्रममा आफ्नो संस्कति जगेर्ना गर्दै स्थानीय बेलायती समुदायसंको घुलमिल बढाउन सुझाव दिए । 

 

एनआरएनए यूके महासिचव फडिन्द्र भट्टराईले एनआरएनए एक छाता संस्थाका रुपमा सम्पुर्ण नेपाली संघसंस्थासंग सहकार्य गर्दै अघि बढ्न सदैव ईच्छुक रहेको बताए । संस्थाले सञ्चालन गरेको नेपाली भाषा कक्षाका बारेमा निवर्तमान अध्यक्ष एवम भाषा कक्षा संरक्षक  हरिगोविन्द गुरुङले जानकारी गराए । 

 

अध्यक्ष शर्मिला हिराचनले अध्यक्षता तथा महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जीत रानाभाटले स्वागत मन्तव्य राखेका थिए । सचिव ज्योत्सना बस्नेत र सल्लाहकार ह्यारी गुरुङ प्रावधिक सहयोगमा खटिएका थिए । 

 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार मोहन गुरुङ, संस्थापक प्रमुख सल्लाहकार एलएन पाण्डे लगायतको पनि सहभागिता थियो ।

 

 


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 22 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 37 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 41 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।