ISMT

HUB Education

गैंडा गणना गर्नुभन्दा पहिले दाताकाे खाेजीमा संरक्षण विभाग

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

चितवन । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । 

 

विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो । 

 

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु. एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए । 

 

मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निर्क्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए । 

 

उनले भने, ‘हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ ।’ 

 

यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताए । उनले चितवनको गणनाका लागि मात्रै रु. एक करोड बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताए । 

 

निकुञ्जमा गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार रु. ५१ लाख हाराहारी खानामा मात्रै खर्च हुने गर्दछ । 

 

यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ । प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैँडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । 

 

पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् ।


थप समाचार

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

  • 3 hours ago
बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई प

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

  • 4 hours ago
राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

'काउलीले क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

  • 4 hours ago
'काउलीले  क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

एजेन्सी । नेपालमा मात्रै होइन काउली विश्वमै लोकप्रिय मध्येका एक तरकारी हो । यो तरकारी स्वादिष्ट मात्रै हुँदैन स्वास्थ्यको लागि पनि धेरै फाइदा गर्छ । यसले मानिसहरुलाई क्यान्सरबाट बचाउँछ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।