Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वअमेरिकाका ३० जना डाक्टरद्वारा ४६ वर्षका अधबैंसेलाई १८ वर्षको युवामा परिणत गर्ने अचम्मको प्रयोग गर्दै !

अमेरिकाका ३० जना डाक्टरद्वारा ४६ वर्षका अधबैंसेलाई १८ वर्षको युवामा परिणत गर्ने अचम्मको प्रयोग गर्दै !


एजेन्सी । युवावस्था कसलाई मन पर्दैन र ? कोही पनि आफूलाई बूढो भएको हेर्न चाहँदैनन्। तर संसारमा अहिलेसम्म त्यस्तो कुनै उपाय छैन जसद्वारा मानिस सधैं जवान रहन सक्छ।  सबै एकदिन बुढो हुनै पर्छ।

यो सबै थाहा हुँदाहुँदै पनि धेरैजसोको मनमा सधैं जवान रहने चाहना रहिरहन्छ। के गर्ने ? जीवनभर जवान रहने चाहना मानिसको सबैभन्दा ठूलो इच्छा हो, यसबारे वैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन् ।

अब अमेरिकाका ४६ वर्षीय अधबैंसे व्यक्तिले पनि जवान रहने अनौठो महत्वाकांक्षालाई पोषित गरेका छन् ।

उनी सधैं जवान रहन लाखौं डलर खर्च गर्दैछन्। ती व्यक्तिलाई जवान राख्न ३० चिकित्सकको टोली खटिएको छ । तर प्रश्न यो छ कि एक पटक गएको आफ्नो जवानी फर्काउन सकिन्छ ? पहिले यी ब्यक्ति को हुन् र उनको चाहना के हो जानौँ ?

यी ४६ वर्षीय अमेरिकी व्यक्तिको नाम ब्रायन जोन्सन हो । उनी १८ वर्षको युवा बन्न चाहन्छ । यसका लागि ब्रायनले लाखौं डलर खर्च गरिरहेका छन् ।

अमेरिकाका ३० जना डाक्टरहरूले ब्रायनको स्वास्थ्यको सधैं निगरानी गरिरहेका छन्।

उनले ब्रायनलाई ४६ वर्षको मध्यम उमेरकाबाट १८ वर्षको युवामा परिवर्तन गर्ने अद्भुत प्रयोग सुरु गरेका छन् । तर के यो प्रयोग सफल होला त ? यदि यो भयो भने यो संसारको लागि सबैभन्दा ठूलो क्रान्ति हुनेछ।

आफ्नो युवावस्था पुनः प्राप्त गर्ने इच्छामा ब्रायनले आफ्नो पुरानो कम्पनीसँग ८० करोड डलर अर्थात ६६ अर्ब ५७ लाख रुपैयाँभन्दा बढीको सम्झौता पनि गरेका थिए । कम्पनी बेचिसकेपछि उनले अहिलेसम्म करिब ४० लाख डलर आफ्नो खर्च गरिसकेका छन् । सबै महँगो उपकरणको सहयोगमा उनले चिकित्सकको सल्लाहमा दैनिक १११ प्रकारका चक्की खाइरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT