IIMS College

ISMT

HUB Education

म्याग्दीको दग्नाममा पहिरो, यातायात अवरुद्ध

  • मंगलबार, १ साउन, २०७५
  • 1 year ago
  • नेपाल
फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बाबियाचौर, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ। 

 

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भीर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षापछि सोमबार दिउँसो जमिन धाँजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो। 

 

सडक तलको भिरालो जमिन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताए। पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ। मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए।

 

वैकल्पिक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले श्रमदानको आह्वान गरेका छन्। सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। सो स्थानमा तीन(चार वर्षअघिदेखि पहिरो जाने समस्या थियो। 

 

सडक खनेपछि पहिरो जाने र जमिन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन्। पहिरो प्रभावित क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रजिअ लिलाधर अधिकारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको छ। 

 

निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवतजावत बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था मिलाउने तयारी भएको पहिरो प्रभावित स्थलमा पुगेर फर्किएका रघुगंगा गाउँ कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रिम कटुवालले बताए।रासस


थप समाचार

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

  • 9 minutes ago
‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।

आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

  • 10 minutes ago
आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु सम्पन्न गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आइतबारबाट शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका खेलहरुको गर्ने योजनाका साथ खेल तालिका सार्वजनिक गरेको छ

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

  • 13 minutes ago
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।