सगरमाथा आरोही गोर्खाको घडी लिलामीबाट नेपाललाई साढे २२ हजार पाउण्ड सहयोग

  • शुक्रबार, १ चैत, २०७५
  • 2 months ago
  • युके

लण्डन । बेलायतस्थित रोबर्ट लुम्स नामक एक घडी उत्पादक कम्पनीले सगरमाथा आरोही गोर्खाले लगाएको घडी लिलामीबाट संकलित रकम नेपालकै लागि सहयोग गरेको छ । 

 

गोर्खा सर्जन्ट मिलन राईले सन् २०१७ को मे १७ तारिखका दिन सगरमाथाको शिखर आरोहण गर्ने क्रममा लगाएको घडी रोबर्ट लुम्सले लिलामीमा राखेको थियो । च्यारिटमुलक उद्धेश्यले गरिएको लिलामीमा २२ हजार ५ सय पाउण्डको मुल्यमा उक्त घडी बिक्री भएको थियो । 

 

सो रकम गोर्खा वेल्फेयर ट्रस्ट र माउन्टेन ट्रस्ट नेपाललाई संयुक्त रुपमा प्रदान गरिएको छ । 

 

 

बेलायतको मिडल्याण्डअन्तर्गत लिंकनशायरमा पर्ने ऐतिहासिक स्टामफोर्ड टाउनमा विहिवार एक कार्यक्रमबीच उक्त कम्पनीका सिइओ रोबर्ट लुम्सले सहयोग चेक हस्तान्तरण गरेका थिए । 

 

स्थानीय नेपाली समुदायको तर्फबाट साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष एवम् एनआरएन यूके कार्यसमिति सदस्य पवन शर्मा, पिटरबरो नेपाली समाजका अध्यक्ष शिव भण्डारी, एनआरएन अभियन्ता कमल भण्डारी, पत्रकार नृपेश उप्रेतीसहितको समुहलाई सहयोग चेक हस्तान्तरण गरिएको थियो । 

 

त्यसअवसरमा समाजसेवी तथा व्यवसायी समेत रहेका एनआरएन अभियन्ता कमल भण्डारीले बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले पठाएको धन्यवाद पत्र पढेर सुनाएका थिए । सहयोग रकम गोर्खा वेलफेयर ट्रस्ट र माउन्टेन ट्रस्ट नेपालको खातामा जम्मा भइसकेको बताइएको छ । 

 

 

नेपालका लागि रोबर्ट लुम्सले महत्वपुर्ण सहयोग दिएको खुशियालीमा स्टामफोर्ड काउन्सिलले विहिबार दिनभरको लागि स्थानीय स्टामफोर्ड टाउन हल अगाडि नेपाली झण्डा फहराएको थियो । 

 

त्यसपश्चात एनआरएन यूके सदस्य पवन शर्मा सञ्चालक रहेको स्टामफोर्डस्थित गोर्खा ओभन नेपाली रेष्टुरेन्टमा सहयोग चेक हस्तान्तरणको कार्यक्रम सम्पन्न भएको थियो । 

 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 8 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 10 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 11 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।