पहिलो ६२ रोहिंज्या शरणार्थी स्वदेश पुगे

म्यानमारले बङ्गलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिंज्या शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया शिविरमा स्वागत गरेको यहाँको बाणिज्य दूतको कार्यालयले आइतबार बताएको छ । 

 

फिर्ता भएका रोहिंज्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति रहेका छन् । 

 

उनीहरू केही समय पहिले सरकारी प्रक्रियालाई वेवास्ता गर्दै आफ्नै तहबाट स्वदेश फर्केका भएपनि म्यान्मार पुगेपछि पक्राउ परेपछि उनीहरूलाई जेलमा राखिएको थियो । 

 

तर राष्ट्रपतिले उनीहरूलाई कैदी जीवन क्षमादान दिनुभएपछि शनिबार उनीहरूलाई रखाइनको शिविरमा पु¥याइएको थियो । 

म्यानमार–बङ्गलादेश सहमति अनुसार फिर्ता भएका रोहिंज्या समुदायका केही व्यक्तिलाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने छ, महाबाणिज्यदूतावासको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ । 

म्यानमार र बङ्गलादेशबीच रखाइन राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बङ्गलादेशको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रोहिंज्या समुदायलाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो । 

 

म्यानमारले प्रमाणीकरण प्रक्रिया पुरा गरी फिर्ता हुने रोहिंज्या शरणार्थीलाई दुई छुट्टै शिविरमार्फत भित्राउने व्यवस्था गरेको छ । 

गतवर्ष अराकन रोहिंज्या मुक्ति सेनाले गत वर्षको अगष्ट २५ मा रखाइन राज्यस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाही छल्दै ठूलो सङ्ख्यामा रोहिंज्या समुदायका युवा तथा बालबालिकाहरू बङ्गलादेश पुगेका थिए । सञ्चारमाध्यमले जनाए अनुसार म्यान्मारबाट करिब सात लाख नागरिक विस्थापित बनेका थिए । 


थप समाचार

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

  • 17 minutes ago
उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुन

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

  • 19 minutes ago
अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

  • 21 minutes ago
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्ज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।