रोज कन्सर्टः कोहि बेहोस्, कसैले प्रहरी माथि नै हातपात

Education Park

काठमाडौं  । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर, यस्तै गरी देशव्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ । 

 

यसैबीच आउँदो शुक्रबारबाट पनि ठूला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र  ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र रोजले देशव्यापी कन्सर्ट सकाएको छ । 

 

एकसाता अघि पोखराबाट शुरु भएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।

 

रोज टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । बिशेष गरी रोजका नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण युवादर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी । 

 

चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । 

 

शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो  । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

 

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिँदै थिए । युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबीच धेरै बेर अघिदेखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । 

 

रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेर पछि होस् आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पु¥यायो । 

 

यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपले बेस्सरी अंगालिन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो । चलचित्रको प्रचारका लागि हिँडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै हिँडेको छ ।

 

यस बिषयमा नायक प्रदीपले भने, ‘दर्शकले आफूलाई भेट्दा खोज्दा सकेसम्म धेरै समय दिने गरेको बताउँछन् ।’ ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र भएर खिचाउँछु भनेर धेरेबेर देखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु,’ प्रदीपले भने । 

 

प्रदीपले देशव्यापी कन्सर्टमा जाँदा पनि काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए ।


थप समाचार

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 3 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।

प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

  • 6 minutes ago
प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । जन्मदिन मनाउन उनी असार ३० गते प्रेम

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 11 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।