पार्टी निर्माणमा लाग्न पूर्व वाणिज्य मन्त्री थकालीको निर्देशन

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल

मुस्ताङ । पूर्व वाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले सम्पूर्ण लोकतन्त्रवादी युवाहरुलाई संगठित भएर पार्टी निर्माणको काममा अगाडि बढ्न निर्देशन र आब्हान गर्नु भएको छ । शनिवार मुस्ताङको जोमसोममा नेपाल तरुण दल मुस्ताङको कार्यसमितिद्वारा आयोजित प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री थकालीले कम्युनिष्ट शक्तिहरु एक भएका बेला लोकतन्त्रवादी युवाहरुको भूमिका अझै बढेको बताउनुभएको हो । अहिले दुई कम्युुनिष्ट शक्ति भए पनि लोकतन्त्रवादी युवाहरु एक हुने हो भने देशैभर काँग्रेसको लहर आउँने उहाँको भनाई थियो । पूर्वमन्त्री थकालीले भन्नुभयो–“केपी ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएका बेला लोकतन्त्रवादी युवा, विद्यार्थी लगायत सम्पूर्ण जनसमुदाय नै चनाखो भएर बस्नुपर्छ । ”


तरुण दल मुस्ताङका अध्यक्ष कर्म ध्याचो गुरुङको सभापतित्वमा भएको कार्यक्रममा मुस्ताङ जिल्लाका युवाहरु सहभागी भएका थिए । लोकतन्त्र जोगाउँन युवाहरुको अहम् भूमिका रहेको बताउँदै पूर्वमन्त्री थकालीले पार्टीको संगठन निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । तरुण दलको अभियान शान्ति, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ भएको कार्यक्रममा मुस्ताङका उल्लेख्य युवाहरुको सहभागी रहेको थियो ।


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 4 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 6 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 8 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।