यसरी देखिन्छन् क्रिस्टियानो रोनाल्डो फिट

  • बिहीबार, १३ मंसिर, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँचपटक फिफा वर्ष खेलाडी भएका उनी ३३ वर्षका भइसके। तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि उनको खेलस्तर अझै उस्तै छ । हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने उनी हार्ड वर्किङ प्लेयर मानिन्छन्।

 

फिटनेसमा ध्यान दिने उनले फुटबलमा करिअर बनाउन चाहनेलाई सफलताका १० टिप्स दिएका छन्।

 

 

१. सधैँ फिट हुनका लागि शरीर मात्र स्वस्थ भएर हुँदैन, दिमाग पनि उत्तिकै स्वस्थ हुन जरुरी छ। तसर्थ, यी दुवैको स्वास्थ्यमा उत्तिकै ध्यान दिनुहोस्।

 

२. अनुशासित हुनुहोस् । आफूले आफैँलाई सधैँ उत्प्रेरणा जगाउनुहोस् । आफ्नो तालिकालाई टाइट गर्नुहोस्।

 

३. आफू के बन्ने र के गर्ने भन्ने स्पष्ट उद्देश्य राख्नुहोस् । यसले तपाईंलाई काममा फोकस गराउँछ । हार्डवर्क गर्न प्रेरित गर्छ।

 

४. आफ्नै सहकर्मीसँग पनि प्रतिस्पर्धाको भावना राख्नुहोस् । प्रतिस्पर्धी भए पनि सहयोग गर्नुहोस् र लिनुहोस् पनि।

 

५. पूरै निद्रा पुग्ने गरी सुत्नुहोस् । खेलका दौरान म चाँडै सुत्छु र चाँडै उठ्छु । आरामले मांसपेशी रिकभर हुन पनि मद्दत गर्छ।

 

६. कार्डियो (दौड र नौकाविहार) सेसनले तपाईंको धैर्यसँगै स्टामिना बढाउनसमेत मद्दत गर्छ । ट्रेनिङका दौरान कम्तीमा ३० मिनेटजति जगिङ गर्नुहोस् । यसले तपाईंलाई थप बलियो बनाउँछ र खेल कौशल पनि बढ्छ।

 

७. खेलमा राम्रो गर्न पोषणयुक्त खानेकुराको पनि उत्तिकै जरुरी पर्छ । तसर्थ, उच्च मात्रामा प्रोटिन भएका खानेकुरा नियमित खानुहोस्। सीमित मात्रामा कार्बोहाइड्रेट भएको खाना पनि खानुहोस् । तर, फलफूल, हरिया सागसब्जी प्रशस्त खानुहोस्।

 

८. स्वस्थ हुनका लागि तपाईंको शरीरमा पानीको मात्रा ठीक हुन आवश्यक छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउनुहोस् । झोलयुक्त अन्य पदार्थ पनि खानुहोस्।

 

९. मुड फ्रेस हुनका लागि संगीत सुन्न आवश्यक छ । म सधैँ संगीत सुन्छु । संगीतले तनावका बीच पनि अर्कै संसारमा पुर्‍याउँछ । राम्रा गीत सुन्दा राम्रो खेल्ने उत्पे्ररणासमेत जाग्छ।

 

१०. सफलताका लागि हार्डवर्कसँगै आराम गर्न पनि उत्तिकै आवश्यक छ । शारीरिक अभ्यासका दौरान त यो झनै आवश्यक छ । फुटबलबाहिरको दुनियाँमा पनि जानुहोस् कहिलेकाहीँ । यसले तपाईंलाई सधैँ सकारात्मक ऊर्जा दिन्छ। आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 19 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 36 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 36 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।