Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल काजकस्तानसँग पराजित

नेपाल काजकस्तानसँग पराजित


काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ सेट जित्दै काजकस्तान फाइनलमा पुग्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजकिस्तानले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा काजकस्तानले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा काजकस्तानले भारतसँग खेल्नेछ । पराजित नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

Techie IT